सिन्धुली– सिन्धुलीको हरिहरपुरगढी गाँउपालिकामा अध्यक्ष उद्यमशिलता विकास कार्यक्रम तथा व्यवसाय सचेतना तालिम सम्पन्न भएको छ । हरिपुरगढी गाँउपालिकाको अयोजनामा माघ ४ गते देखि माघ १० गते सम्म संचालित सात दिने तालिम सोमबार सम्पन्न भएको हो ।
ताालिममा उद्यमशिल व्यवसायीहरु आफुमै आत्मनिरर्भर बनेर केहि गर्न सक्ने र तालिम सिकेर आफुलाई कस्तो व्यवसाय गर्दा फाइदा हुने साथै बेरोजारी भएर बिदेशीने युवा शक्तिलाई स्वदेशमै रोजगारीको अबसर दिलाउनको लागि हरिहरपुरगढी गाँउपालिकाले तालिम संचालन गरेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर ६ र वडा नम्बर ३ मा तालिम सम्पन्न भएको हरिहरपुरगढी गाँउपालिकाका अध्यक्ष कार्साङ लामाले जानकारी दिनुभयो । तालिममा ३० जना उद्यमी व्यवसायीहरु उपस्थित रहेका थिए ।