शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मरिण गाउँपालिकाको दशौँ गाउँसभा सम्पन्न

मंगलवार , माघ ११, २०७८

सिन्धुली, –सिन्धुलीको मरिण गाउँपालिकाको पहिलो गाउँसभाको दशौँ अधिवेशन(हिउँदे अधिवेशन) सोमवार सम्पन्न भएको छ । मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनको अध्यक्षता तथा सात वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु र वडा सदस्यहरुको उपस्थितीमा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले गाउँपालिकाले तयार गरेको तीन वटा विधेकहरुलाई सर्वसम्मतीले पारित गरेको छ । अधिवेशनले वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेक २०७८, भुउपयोग सम्बन्धी विधेक २०७८ र फोहोरमैला व्यवस्थापन सम्बन्धी ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेक २०७८ को संसोधन प्रस्ताव र चालु आर्थिक बर्षको हाल सम्म भएको खर्चको र प्रगतीहरुको प्रस्ताव पारित गरेको छ ।

आर्थिक बर्ष २०७८।७९ को संसोधित बार्षिक बजेट तथा कार्यक्रम सम्बन्धि प्रस्ताव पनि पारित गरेको छ । हिउँदे अधिवेशनमा चालु आर्थिक बर्षको खर्च र प्रगती सम्बन्धी प्रस्ताव पेश गर्दै मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले आर्थिक बर्ष २०७८\७९ बजेटको चालुगत तर्फ २९ प्रतिशत र पुजीगत तर्फ १३ प्रतिशत बजेट खर्च भएको जानकारी गराउनुभयो । अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बम्जनले वितेको पाँच बर्षमा कर्मचारी अभाव र ऐन कानुनको अभावमा सोचे अनुसार काम गर्न नसकिएको बताउनुभयो ।

प्रतिक्रिया