शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

जिल्ला प्रशासन कार्यालय सिन्धुली अत्यावश्यक बाहेकका सेवा बन्द

सोमवार , माघ १०, २०७८

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीको केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेकका सम्पूर्ण काम कारवाही बन्द गरेएको छ ।

जिल्ला प्रशासन कार्यालयल सोमवार एक सूचना प्रकाशित गरी कार्यालयबाट प्रदान गर्ने शान्ति शुरक्षा र मुद्वा सम्बन्धी बाहेकको अन्य सेवाहरु अन्य सेवाहरु अर्को सूचना नभए सम्म स्थगित भएको जनाएको ।

सहायक प्रमुख जिल्ला अधिकारी ऋद्वि प्रकाश सिटौलाको हस्ताक्षरित सूचनामा “कार्यालयकका बिभिन्न शाखाका कर्मचारीहरुमा कोभिड १९ को संक्रमण पुष्टि भएको र अन्य कर्मचारीहरुमा समेत यस संग मिल्दोजुल्दो लक्षण देखा परेकोले सेवा प्रबाह गर्न कठिन भएको साथै सेवा लिन आउने सेवाग्रही एवं कर्मचारीहरुमा समेत संक्रमण हुन सक्ने जोेिखम देखिएकोले कार्यालयबाट प्रदान गर्ने शान्ति शुरक्षा र मुद्वा सम्बन्धी बाहेकका अन्य सेवाहरु अर्को सूचना नभएसम्म का लागि स्थगित गरिएको सवैमा अनुरोध छ,”भनिएको छ ।

सूचनामा परिस्थिति सहज हुनासाथ क्रमश कार्यालयको सेवा सुचारु गरिने र यस सम्बन्धमा थप जानकारी आवश्यक भएमा वा अत्यावश्यकपििस्थथि परेमा सम्र्पक ब्यक्ति नागरिक्ता सम्वन्धमा रविन्द्र गौतमको मोवाईल नम्वर ९८४०१७७३२७,राहादानी सम्वन्धमा भावना कार्कीको मोवाईल नम्वर ९८६०८८३५४८, राष्ट्रिय परिचयपत्र सम्वन्धमा मिथिला बिष्टको मोवाईल नम्वर ९८४३५५३६२७ र अन्य सवै सेवाकोसम्बन्धमा नहकुल ढकालको मोवाईल नम्वर ९८४४०४३८६६मा सम्र्पक गर्न उल्लेख छ ।

प्रतिक्रिया