शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली अस्पतालमा सेवा सुचारु गर्नै मुस्किल

सोमवार , माघ १०, २०७८

सिन्धुली – जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण तीव्ररुपमा बढेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । सिन्धुली अस्पतालले इमरजेन्सी बाहेका सम्र्पुण सेवाको समय घटाएको छ ।

आइतबारसम्म अस्पतालका २१ जना कर्मचारी संक्रमित भइसकेका छन् । हाल अस्पतालको इमजेन्सि बाहेका सबै अप्रेशन बन्द भएको छ । स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडि सेवाको समय समेत घटाइएको छ । अस्पतालको ओपिडि सेवा विहान ९ बजेदेखि साढे ११ बजे सम्म मात्र संचालन हुने अस्पतालले एक सूचना निकाले जानकारी दिएको छ । छिटो अस्पताल आउने बिरामीका लागि लामो समय कुर्नुपर्ने बाध्यता समेत हटेको थियो ।

यस्तै पछि शल्यक्रिया गर्न मिल्ने बिरामीको शल्यक्रिया पनि तत्कालका लागि रोकिएको हो । यसबाट बिरामीलाई समस्या नपर्ने अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेट उमेश प्रधानका अनुसार परीक्षण नगरिएका धेरै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा पनि संक्रमणको लक्षण देखिएको छ, दैनिक यो संख्या बढ्दो छ । अन्य विभागमा जनशक्तिको समस्या भए पनि आलोपालो गरेर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । अस्पतालमा धेरै चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा नरोकिएको भए पनि पहिले झै सञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ ।

यही ढंगले संक्रमित बढ्दै गए सामान्य अवस्थाका संक्रमित चिकित्सक स्वास्थ्यकर्मीले संक्रमित बिरामीलाई उपचार गर्नुपर्ने अवस्था आउने सिन्धुली अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोखरेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सबै संक्रमित भए भने गर्न सक्नेले उपचार त गर्नै पर्‍यो नि ।” चिकित्सक र स्वास्थ्यकर्मी आधा संक्रमित भइसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य लक्षण भएर चिकित्सक स्वास्थ्यकर्मी काम गरिरहेका छन् । परीक्षण ग¥यो भने उनीहरुमा पनि संक्रमण देखिन सक्छ ।” यस्तै अवस्था रहेमा संक्रमितले संक्रमितको उपचार गर्नुको विकल्प नहुने उहाँको भनाइ छ ।

अस्पतालको ३ जना मेडिकल अफिसर, ३ जना कन्सल्टेन, स्त्रीरोग तथा प्रसूति सेवा विभागका ६ जना स्वाथ्यकर्मि, ल्याबमा ४ जना, काउन्टरमा कार्यरत एक जना र ३ जना कासमा कोरोना संक्रमण पुष्टि भएको सिन्धुली अस्पतालका कोरोना फोकल पर्सन सागर देवकोटाले बताउनुभयो ।

जिल्लामा संक्रमितको संख्या ३ हजार ४ सय ६१ पुगको छ भने १ सय ९७ जना होम आइसोलेसनमा उपचारत रहेका छन् ।

प्रतिक्रिया