शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा ९३ थान मोबाइल बरामद,(भिडियो हेरौँ)

सोमवार , माघ १०, २०७८

सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वालटारमा आवश्यक कागजात नभएको ९३ थान मोबाईल प्रहरीले बरामद गरेको छ । आइतबार ग्वालटार बजारस्थित प्रहरी चेकपोष्ट अगाडी मध्यपहाडी लोक मार्गमा ओखलढुंगाबाट काठमाडौँ तर्फ आउंदै गरेको बा ३ ख ५२६० नम्बरको बस चेकजाँच गर्नेक्रममा १२ लाख नौँ हजार रुपैँया बराबरको मोबाइल लुकाई छिपाई राखिएको अवस्थामा बरामद गरिएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

उक्त बसको डिकीमा दुईवटा सेतो बोराभित्र बिलबिजक नभएको विभिन्न कम्पनिको ९३ थान मोबाइल लुकाइएको अवस्थामा भेटिएको हो । प्रहरीले काभ्रेपलान्चोक नमबुद्ध नगरपालिका १ का बस चालक दिपेन्द्र लामा र ओखलढुंगा खिजीदेम्बा गाउँपालिका ६ का सहचालक पासाङ शेर्पालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया