सिन्धुली – सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर ४ का गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक सामाग्री बितरण गरिएको छ । आईतबार आधारभुत स्वास्थ्य चौकी सुनकोशी गाउँपालिकाको सहायक कर्मचारी सुनिता गिरीको अध्यक्षतामा, सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालको प्रमुख आतिथ्यतामा पौष्टिक सामाग्री बितरण गरिएको हो ।

महिला तथा बालबालिका शाखाको आर्थिक सहयोगमा वडा नम्बर ४ का ११ जना गर्भवती तथा सुत्केरी महिलालाई अण्डा, तेल लगायतका अन्य पौष्टिक सामाग्री बितरण गरेको सुनकोसी गाउँपालिकाको कानुनी सल्लाकार चिरन्जिवि दाहालले जानकारी दिनुभयो ।

गर्भवती महिलाले निरोगी, स्वस्थ, तन्दुरुस्त सन्तान जन्माउँनका लागी पौष्टिक खानेकुराहरु पर्याप्त मात्रामा खानु पर्छ । सुत्केरी अबस्थामा धेरै रक्तश्राब हुने हुदाँ महिलाहरु शारीरिक रुपमा अशक्त हुने गर्दछ जसले गर्दा महिलाहरु रोगी पनि हुन सक्छन् तर पौष्टिक खानेकुराहरु खादाँ थोरै मात्राम भएपनि शक्ति प्राप्त हुने भएकाले पौष्टिक सामागी्रहरु बितरण गरेको दाहालले जानकारी दिनुभयो । पौष्टिक सामागी्र बितरण कार्यक्रममा गर्भवती तथा सुत्केरी महिलाहरु, उनीहरुको अभिभाबक लगायत स्थानीय बासीन्दाहरुको उपस्थिति रहेको थियो ।

