सिन्धुली,०९ माघ– सिन्धुलीमा आइतवार १९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार पिसिआर र एन्टीजेन्ट गरि ५५ जनामा गरिएको स्वाव परिक्षणमा ७ जना महिला र १२ जना पुरुषमा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । आइतवार थपिए संगै जिल्लामा हाल सम्म कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ४ सय ६१ पुगेको छ ।
यस्तै, आइतवार होम आईसोलेसनमा ७७ जना महिला र १२० जना पुरुष गरि १९७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन । हाल सिन्धुलीमा कोरोना भाईरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार २ सय १९ पुगेको छ भने ४५ जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
नेपालमा ८८ प्रतिशतमा ओमिक्रोनको संक्रमण्
नेपालमा पछिल्लो समय ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि । नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन र १२ प्रतिशतमा डेल्टा भेरियन्टको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय जनाएको हो ।
पछिल्लो समयमा ३२ वटा नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिनको गरिक्षण गर्दा २८ जनामा ओमिक्रोन र ४ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । उक्त तथ्यले नेपालमा कुल संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन र १२ प्रतिशतमा डेल्टा भेरियन्टको संक्रमण देखिएको हो ।
थपिए ६ हजार ४६२ संक्रमित, ४ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३७७ पीसीआर र ४ हजार ६० एन्टिजेन परीक्षण गर्दा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हो ।गत २४ घण्टामा कोरोनाको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५५ पुगेको छ ।
यस्तै, आइतबार १ हजार ४१६ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७९१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार ८६८, ललितपुरमा ६०२ र भक्तपुरमा ३२१ जना संक्रमित थपिएका हुन् । त्यस्तै, २१५ जना आईसीयूमा र ४० जना भेन्टिलेटरमा मन्त्रालयले जनाएको छ ।