सिन्धुली ०९ माघ -सिन्धुलीमा अटो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मदनभण्डारी रागमार्ग अन्तर्गत कमलामाई नगरपालिका १ बलौटामा प्रदेश नम्बर २¬–०२–००१ ह १८२७ नम्बरको अटो आफै अनियन्त्रीत भइ दुर्घटना हुदाँ अटोमा सवार एकको मृत्यु भएको हो । कमलामाई नगरपालिका १ डाढीगुरासेबाट अठुवा तर्फ जादै गरेको अटो दुर्घटनामा परि बलौटाका अन्दाजी ३२ वर्षका विष्णु परियारको मृत्यु भएको हो । परियारको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटोमा सवार सोहि स्थानकी ३५ वर्षीय सुशिला परियार र मरिण गाउँपालिका ५ का २२ वर्षिय विनोद घिसिङ सामान्य घाइते भएका छन् । उनीहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । अटो चालक डाँढीगुरासेका २६ वर्षिय भुपाल विकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।