शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा फरक फरक दुर्घटनामा दुईको मृत्यु

शनिवार , माघ ८, २०७८

सिन्धुली – सिन्धुलीमा फरकफरक दुर्घट्नामा परि दुईजनाको मृत्यु भएको छ । दुधौली नगरपालिका र हरिहरपुरगढी गाउँपालिकामा फरक फरक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको हो ।

मदन भण्डारी राजमार्ग अन्तर्गत हरिहरपुरगढीमा शुक्रबार राती ट्रयाक्टर पल्टिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । हरिहरपुरगढी गाउँपालिका ४ बाह्रबिसेबाट बेलपुरतर्फ जाँदै गरेको ना ५ त ५०६३ नम्बरको ट्रयाक्टर पल्टिदा ट्रयाक्टरमा सवार हरिहपुरगढी गाउँपालिका ३ का ३५ बर्षिया काजी जिम्बाको मृत्यु भएको हो । साथै, ट्रयाक्टर चालक २२ वर्षिय प्रताप वाईबा भने सामान्य घाईते भएका छन् ।

बालुवा लोड भएको ट्रयाक्टरले मदन भण्डारी राजमार्गमा हिडीँरहेका पैदल यात्रीलाई ठक्कर दिएर आफैँ अनियन्त्रित भएको थियो । उक्त ट्रयाक्टर सडकबाट १५ फिट तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । ट्रयाक्टरको ठक्करबाट काभ्रेपलान्चोक जिल्लाको पाचखालका श्याम गौतम घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

प्रहरीले ट्रयाक्टर चालक वाईबालाई नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान भइरहेको प्रवक्ता लामाले बताउनुभयो ।

त्यस्तै, शुक्रबार रातीनै दुधौली नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुधौली नगरपालिका ३ कालापानी स्थित झुंगा धन्सारी भित्रि सडकमा मोटरसाइकल दुर्घटनाहुँदा मोटरसाइकलमा पछाडी सवार दुधौली ११ लब्दाहाका जितु अधिकारीको मृत्यु भएको छ । त्यस्तै, मोटरसाइकल चालक दुधौली नगरपालिका ६ का ३५ वर्षिया बुधे दनुवार भने गम्भिर घाइते भएका छन् ।

प्रदेश २–०१–००१ प ९४८२ नम्बरको पल्सर बाईक आफैँ अनियन्त्रीत भई सडकमा पल्एिको थियो । दुवै घाइतेको उपचारकालागि डकाहा स्थित आमा मेमोरियल अस्पताल लगेपनि मोटरसाइकलमा सवार अधिकारीको उपचारकै क्रममा मृत्यु भएको थियो । घाइते बुधे दनुवारको बर्दिबासमा उपचार पश्चात थप उपचारको लागि काठमाडौँ लगिएको प्रवक्ता लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया