जिल्ला प्रशासन सिन्धुलीले कोरोना रोकथाम र नियन्त्रणकालागि विभिन्न निर्णयहरु गरेको छ । सवारीसाधनमा सावधानि देखि सामान्य हिँड्डुलमा समेत प्रशासनले कडाई गरेको छ । तर, प्रशासनले गरेको निर्णय कार्यान्वयन नहुने आशंका गरिएको छ । विगतमा पनि प्रशासनले गरेको निर्णयहरु प्रभावकारी भएपनि अनुगमन नहुँदा प्रशासनको आदेश आदेशमै सिमित भएको थियो । अहिले कोरोना संक्रमितको संख्या उकालिरहेको छ । स्वयं नागरिक सचेत नहुने हो भने आगामी दिनमा अवस्था भयावह नहोला भन्न सकिन्न । तर, नागरिकहरु पुर्ण रुपमा सचेत नभएको अवस्था छ । त्यसेले पनि उनीहरुलाई नियममा बाध्नकालागि सम्बन्धित निकायले थप सक्रियता देखाउन जरुरी छ । प्रशासनले सम्पूर्ण संयन्त्रको प्रयोग गरि कोरोना रोकथाम र नियन्त्रणमा अग्रसरता देखाउन जरुरी छ ।
सिन्धुलीमा पछिल्लो एक साता कोरोना संक्रमीतको संख्या ह्वात्तै बढेको छ । काठमाडौँसँगको नजिकको दुरि, विपी राजमार्ग, भारत–नेपाल सिमानासँगको नजिकको दुरि लगायत जिम्मेवार निकायको उदासिनताका कारण कोरोनाको जेखिम उत्तिकै छ । तसर्थ, जिल्लाका सरोकारवाला निकायले कोरोना रोकथाम र नियन्त्रणकालागि जिम्मेवार निकायलाई झक्झकाइरहन आवश्यक छ । अतः प्रशासनको निर्णय कार्यान्वयन गर्न निगरानि बढाए केहि हदसम्म कोरोना नियन्त्रण गर्न सहज हुनेहुँदा अनुगमनलाई तिव्रता दिन जरुरी छ ।