शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कोरोना नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीको नयाँ आदेश (पढनुस पुर्ण पाठ)

शुक्रवार , माघ ७, २०७८

सिन्धुली – सिन्धुलीमा कोरोना संक्रमण बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालय सिन्धुलीले नियन्त्रण तथा रोकथाम गर्न १६ बुँदे आदेश जारी गरेको छ । शुुक्रबार राति १२ः०० बजे देखि अर्को सूचना नभए सम्म लागू हुने गरी प्रशासनले १६ बुँदे आदेश जारी गरेको हो ।

१. सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने कियाकलाप मिति २०७८ माघ मसान्त सम्म संचालन नगर्ने ।

२. गोष्टि, सेमिनार, समिक्षा बैठक जस्ता कियाकलापहरु संचालन गर्दा भर्चुअल माध्यमबाट गर्ने । भौतिक रूपमा उपस्थिति भई गर्न पर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५ जना मात्र सहभागी हुने गरी संचालन गर्ने ।

३. सामाहिक हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम मिति २०७८ माघ मसान्त सम्म संचालन नगर्ने/नगराउने ।

४. विद्यालय, विविद्यालय, कलंज, टयुसन सेन्टर तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप संचालन गर्दा भर्चुअल वा वैकल्पिक शिक्षण सिकाई विधि अपनाई संचालन गर्ने । पूर्वनिर्धारित परीक्षा तथा सबै प्रकारका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी संचालन गर्ने ।

५. मठ, मन्दिर, मस्जित, गुम्बा, चर्च तगायतका धार्मीक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी मिति २०७८ माघ मसान्त सम्म नित्य पूजा ध्यान र प्रार्थना मात्र गर्ने÷गराउने ।

६. मिति २०७८ माघ ७ गते देखि जिल्ला भित्रका सबै सार्वजनिक निकायमा शेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने ।

७. डिपार्टमेन्ट स्टोर लगायत अन्य सबै प्रकारका पसलहरुमा १ पटकमा २५ जना भन्दा बढी हुन नहुने, कुनै पनि सामान अनावश्यक रूपमा नछुने, दुई व्यक्ति विचमा कम्तिमा २ मिटर दूरी कापम गर्ने, मास्क अनिवार्य गर्ने, पटक पटक साबुन पानीले हात धुने वा स्यानिटाईज गर्ने गरी संचालन गर्ने । जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गराउने दायित्व सम्बन्धित व्यवस्थापक बा सचालकको हुने ।

८. पार्टी प्यालेसमा एक पटकमा कल क्षमताको बढीमा एक तिहाई नबढ्ने गरी बढीमा पचास जना मात्र उपस्थित रहने ।

१०. मार्वजनिक यातायात संचालनमा सीट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनमा यात्रुले प्रयोग गर्ने गरी सेनिटाईजरको व्यवस्था गर्न, चालक नवा सहचालकले मास्क र फेससिन्ड अनिवार्ष लगाउनु पर्ने, सवारी साधनलाई दैनिक रुपमा निसद्क्रमित गर्नु पर्ने. मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने ।

११. होटल नया रेष्टुरेन्टहरूले सेवा संचालन गर्दा कामदारले अनिवार्य रुपमा मास्क, फेससिल्ड र पन्ना लगाउने, प्रवेश गर्ने सबै सेवाग्राहीलाई मारक अनिवार्य गर्ने, कुल क्षमताको आधा भन्दा बढी नहुने गरी कम्तिमा दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्ने, सेनिटाईडरको व्यवस्था गर्नु पर्ने, होटल तथा रेष्टुरेन्टलाई नियमित रुपमा निसंक्रमित गर्नु पर्ने ।

१२. सर्व प्रकारका व्यवसायहरको अग्रपतिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरुलाई नियमित सेवा दिने,कर्मचारीहरूको सम्बन्धित निकाय वा संस्थाले हााको दुई पटक एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र काममा खटाउने ।

१३. जन मकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कौभिड–१९ को लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन बवारेन्टिनमा बस्ने र ५ दिन पछि कोभिड–१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा आउने।

१४. सार्वजनिक तथा निजी सेवा प्रदायकले सम्भव भएसम्म विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाउने।

१५. नियमित रुपमा सचालन हुनु पर्ने स्वास्थ्य सेवाहरु जनस्वास्थ्यका मापदण्ट पालना गरी नियमित संचालन गर्ने ।

१६. कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार र निगरानीका लागि आम नागरिकले देहाय बमोजिम गर्ने

क. जनस्वास्गको मापदण्डको पूर्ण रुपमा पालना गर्न । घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, प्रयोग गरिएका विसर्जन गर्नु पर्ने मास्क बन्द डस्टविन वा प्लास्टिक झोलामा बन्द गरी सुरक्षित साथ राखीपाँच दिन पछि मात्र विसर्जन गर्ने ।

ख. विदेशबाट नेपाल आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट टेसिडमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भएतापनि कम्तिमा पाँच दिन होम क्वारेन्टिनमा अनिवार्य रुपमा बस्ने ।

ग. पी.सी.आर. परीक्षणका लागि प्रयोगशालामा स्वाव दिएपछि नतिजा नआएसम्म बाहिर हिंडडुल, भेटघाट बैठक नगर्ने । घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्ने र प्रयोग गरेका मास्क नफाल्ने ।

घ. स्थानीय तहमा पारेन्टिन र आइसोलेसनमा बसेका व्यक्तिलाई सक्दो सहयोग गर्ने ।

ङ, अन्य व्यक्तिले जनम्बाध्यका मापदण्ड पालना नगरेमा स्थानीय तह, स्थानीय प्रशासन, स्वास्थ्य संस्था, टोल सुधार समिति, उपभोक्ता समिति वा सम्बद्ध अन्य निकाय वा संस्थालाई यथाशिघ्र जानकारी गराउने।

च. होम आइसोलेसनमा बसेका व्यक्ति स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहने र स्वास्थ्य सम्बन्धि कुनै समस्या भएमा तुरुन्त नजिकको अस्पतालमा जाने ।

छ. नेपाल सरकारले तोके बमोजिम कोभिद्र–१९ विरुद्धको खोप लगाउने ।

प्रतिक्रिया