सिन्धुली, – कमलामाई नगरपालिका र मरिण गाउँपालिकाका शिक्षक हरुको लागि २ दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । छिन्जु राष्ट्रिय विश्व बिद्यालय दक्षिण कोरियाको आयोजना र काठमाडौँँ बिश्व बिद्यालयको समन्वयमा अनलाइनमा आधारित २ दिने क्षमता अभिबृद्धि तालिम बिहिवार बाट सुरु भएको हो ।
तालिममा कमलामाई नगरपालिकाबाट सिद्धबाबा मा.वि. पानीट्यांकी का ७ जना, गडौली मा.वि. का ५ जना र मरिण गाउँपालिकाबाट खयरसाल मा.वि. का ५ जना गरि १७ जना आधारभुत तहका बिज्ञान र गणित बिषयका शिक्षकको सहभागिता रहेको छ ।
बन्दाबन्दीको समयमा शिक्षकहरुलाई बिज्ञान र गणित बिषयसंग सम्बन्धीत सूचना तथा प्रविधी र बिषयगत क्षमता अभिबृद्धि गराउने उदेश्यले तालिमको आयोजना गरिएको हो । तालिमको सहजिकरण छिन्जु राष्ट्रिय विश्व बिद्यालयका बिषय बिज्ञहरुले गर्नुभएको थियो भने प्रविधी सम्बन्धी सिकाई युविल सिस्टमको सहजिकरण कमलामाई नगरपालिकाका शिक्षा सहजकर्ता जगत आलेले गर्नुभएको थियो ।
तालिम पश्चात दक्षिण कोरियाका विश्व बिद्यालयका शिक्षकहरुबाट यहि हप्ता देखि ३ दिनको लागि सम्बन्धीत बिद्यालयका बिद्यार्थीलाई अनलाइन मार्फत सिकाई सहजिकरण गरिने कमलामाई नगरपालिकाका शिक्षा सहजकर्ता जगत आलेले जानकारी दिनुभयो ।
तालिमको उदघाटनमा कोरीया स्थित छिन्जु विश्व बिद्यालयका प्राध्यापक डाक्टर योङकी होङ र काठमाडाँै विश्व बिद्यालयका प्राध्यापक डाक्टर मनिष पोख्रेलको अध्यक्षता रहेको थियो । कार्यक्रममा मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनको प्रमुख आतिथ्यता तथा मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी र शिक्षा प्रमुख नवराज बरालको बिशिष्ट आतिथ्यता रहेको थियो ।