सिन्धुली – सिन्धुलीमा विहिबार थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार २९ जना महिला र २८ जना पुरुष गरि जम्मा ५७ जनामा गरिएको स्वाव परिक्षणमा २४ जना महिला र १९ जना पुरुष गरि जम्मा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कोरोनाको संक्रिय संक्रमतिको संख्या १ सय ६२ पुगेको छ । होम आइसोलेसनमा ६४ जना महिला र ९७ जना पुरुष गरि जम्मा १ सय ६२ जना संक्रिय संक्रमित उपचारत रहेका छन् । जिल्लामा ३ हजार ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ हजार २ सय १९ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । कोरोना संक्रमणको कारण ४५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।