सिन्धुली, – मरिण गाउँपालिकाका वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बिहिवार एक कार्यक्रमका बिच ६ नम्बर वडा कार्यालयले वडाभित्रका २ जना ४२ जना जेष्ठ नागरिक, जेष्ठ नागरिक र पुर्ण अपांग भएका हरुलाई न्यानो कपडा वितरण गरेको हो ।
वडाको आर्थिक बर्ष २०७८र७९ को एक लाख ५० हजार रुपैयाँ बजेटले वडाका जेष्ठ नागरिक, र पुर्ण अपांगहरुलाई जाडोमा लगाउनका लागि ज्याकेट र वृद्धा महिलाको लागि ओढ्ने पछ्यौरा वितरण गरेको वडा अध्यक्ष कुरसाङ लामाले जानकारी दिनुभयो ।
वडा कार्यालयमा आयोजित कार्यक्रमका बिच मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण गर्नु भएको वडा अध्यक्ष लामाले बताउनुभयो । वडाका वृद्धवृद्धाहरुलाई जाडो मौसाममा चिसोबाट जोगाउन वडाको बजेटबाट न्यानो कपडा खरिद गरेर वितरण गरेको वडाअध्यक्ष लामाले बताउनुभयो ।
कार्यक्रममा न्यानो कपडा वितरण कार्यक्रमलार्ई सम्बोधन गर्नेक्रममा मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले गाउँपालिकाले ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य बिमा गर्दिएको बताउनुभयो । ७० बर्ष भन्दा माथि जेष्ठ नागरिकहरुको सरकारले निःशुल्क स्वास्थ्य बिमा गरेको भएपनि ६० बर्ष माथिका वृद्धवृद्धाहरुको पनि स्वास्थ्य उपचारका लागि सहज होस् भनेर गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरेको उहाँले बताउनुभयो ।
गाउँपालिकाका जेष्ठ नागरिकहरुको वृद्धा भत्ता बैंक मार्फत दिन थालिएको उहाँले बताउनुभयो । त्यस्तै गाउँपालिकाले नियमित रुपमा दम, सुगुर, ब्लड प्रेसर लगाएतका रोगका औषधी सेवन गर्नुपर्ने जेष्ठ नागरिकहरुलाई निःशुल्क औषधी पनि वितरण गरिरहेको उहाँले बताउनुभयो ।
६ नम्बर वडाअध्यक्ष कुरसाङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य पन्चमाया थिङ, वडा सदस्यहरु लगाएतको उपस्थिती रहको थियो ।