विपी राजमार्ग हुदैँ रातको समयमा तराई लगायत सिन्धुलीबाट काठमाडौँ ओसारपसार हुने कुखुरामा प्रहरीले ¥याल काढ्ने गरेको कुखुरा व्यवसायीले गुनासो गरेका छन् । काठमाडौँसम्म पुग्दा सिन्धुलीमा रहेका विभिन्न प्रहरी चेकप्वइन्ट कट्नुपर्ने हुन्छ । ती चेकप्वइन्टमा केहि प्रहरीले सवारीचालकसँग सिंगै कुखुरा लिई चेकजाँचर्नै नगरी छोड्ने गरेका छन् । अधिकांश चेकप्वइन्टमा उक्त समस्या नभएपनि खुर्कोट, नेपालथोक लगायतका चेकप्वाइन्टमा केहि प्रहरीले मज्जैसँग कुखुरा हजम गरिरहेका छन् । कुखुरा किसानलाईनै मारमा पारेर प्रहरीले कुखुरासँग चेकजाँच छुटको सौदाबाजि गर्दा दुर्घटनाको जोखिम पनि बढेको छ । विपी राजमार्गमा गुड्ने अधिकांश कुखुराको गाडीको गति तिव्र हुने गरेको यात्रु तथा अन्य चालकले दुखेसो व्यक्त गर्ने गर्दछन् । तिव्र गतिका कारण दुर्घटनाको जोखिम त बढेकै छ भने तथ्यांकले पनि कुखुरा बोक्ने गाडी धेरै दुर्घट्ना भएको देखाउँछ । यतिमात्र नभएर रातको समयमा हिँड्ने कुखुरा चालक अधिकांश युवाहरु रहेकाले पनि उनीहरुलाई परामर्श आवश्यक रहेको देखिन्छ । उनीहरुले नशालु पदार्थको सेवन गर्ने गरेको आकलन गर्न सकिन्छ । तसर्थ, प्रहरीले एक वा धेरै कुखुरामा सौदाबाजि गरेर दुर्घटनाको जोखिम बढाउनु हुदैँन र किसानलाई पनि अनावश्यक दुख दिनबाट आवश्यक कदम चाल्नतर्फ जोड गर्नुपर्छ ।
सिन्धुली ट्राफिक प्रहरीमा नयाँ नेतृत्व आएको छ । नयाँ नेतृत्वले यी सबै पक्षलाई ध्यानमा राखि विपी राजमार्गमा भ्रष्टाचार रोक्न र राजमार्गलाई सुरक्षित बनाउन तर्फ समय खर्चिन जरुरी छ । अतः जिल्लामा सडक दुर्घटना मुख्य समस्या रहेकाले यसको रोकथाममा सम्बन्धित निकाय चनाखो हुन आवश्यक छ ।