सिन्धुली – सिन्धुलीमा मंगलबार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार ३० जना महिला र २८ जना पुरुष गरि जम्मा ५८ जनामा गरिएको परिक्षणमा २१ जना महिला र १८ जना पुरुष गरि जम्मा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ३ सय ५० पुगेको छ । जिल्लामा हाल ८६ जना होम आइसोलेसनमा उपचारत रहेका छन् । ३ हजार २ सय १९ जना भने कोरोना संक्रमणमुक्त भइसेका छन् । जिल्लामा कोरोना संक्रमणको कारण ४५ जनाको मृत्यु भएको छ
देशभर १० हजार २५८ जना नयाँ सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा परीक्षण गर्दा १० हजार २५८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १७ हजार ८७२ जनामा पीसीआर परीक्षण गरिएकोमा ८ हजार ७३० जनामा र ४ हजार ९५६ जनामा एन्टीजेन परीक्षण गर्दा १ हजार ५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.२ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ५६२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२४ पुगेको छ ।
यसैगरी देशमा हालसम्म ३९ हजार ४४ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।