बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका जनप्रतिनिधिबिचको तिक्तता र वास्तविकता

मंगलवार , माघ ४, २०७८

सिन्धुलीमा बेलाबखत जनप्रतिनिधिबिच सार्वजनिक ठाउँमै जुहारी चल्छ । अहिले भने गोलन्जोर गाउँपालिकाको दुुई जनप्रतिनिधिबिच सामाजिक संजालमा छताछुल्ल भएको आरोपप्रत्यारोपले गाउँपालिकाको राजनिति तताइरहेको छ । वडाध्यक्षद्वय बिच भ्रष्टाचार र अनियमितताको विषयमा जुहारी चलिरहदा वास्तविकता बाहिर आउनुपर्ने भन्दै जोडतोडसँग आवाज उठिरहेको छ । ‘हावा नचलि पात हल्लिदैन’ भनेझैँ दुुईबिचको जुहारीको वास्तविकता बाहिर आउन जरुरी छ । देश संघीयतामा गएपछि स्थानिय तहमा व्यापक भ्रष्टाचार बढेको पछिल्ला केहि तथ्यांकले देखाएको छ । राज्यको आर्थिक कारोबार पारदर्शि हुनुपर्दछ । त्यसैले, वडामा भएका गतिविधिका बारेमा स्पष्टसँग आर्थिक पारदर्शिकता साथ विवरणहरु सार्वजनिक गर्नतर्फ दुवै जनप्रतिनिधिलाई जोड दिनुपर्दछ । गाउँपालिकाले जनप्रतिनिधिबिचको टकरावलाई साम्य बनाउने भन्दा पनि दुुईबिच आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा भएको जुहारीका बारेमा वास्तविकता बाहिर ल्याउन तर्फ केन्द्रित हुन आवश्यक छ । त्यसैगरि, अन्य सम्बन्धित निकायले पनि यो विषयालई सेलाउन नदिन वास्तविकता बाहिर ल्याएर सहि मार्गमा जनप्रतिनिधिलाई हिँड्न प्रभावकारी कदम चाल्न प्राथमिकता दिनुपर्दछ ।

जनप्रतिनिधिबिचको विवादले दुुई हात्तिबिचको झगडाले वनमात्र सखाप हुने उक्ति जस्तै नागरिकनै मारमा पर्ने देखिन्छ । तसर्थ, विकास निर्माणका काममा बाधा अवरोध सिर्जना नगरि स्वस्थ आरोप प्रत्यारोपलाई जनप्रनिधिले आत्मसात गर्नुपर्दछ । त्यसैगरि, जनप्रतिनिधिले सार्वजनिक ठाउँमा विवाद गरेर जनप्रतिनिधिको छवि गिराउने भन्दा पनि नियमनकारी निकायसँग एकअर्कोको कमजोरिका बारेमा अनुसन्धान गर्न जोड दिनुपर्छ ।

प्रतिक्रिया