शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको कोभिड अस्पताल पुनःसञ्चालनमा

सोमवार , माघ ३, २०७८

सिन्धुली, – बजेट अभावमा दुई महिनादेखि बन्द अवस्थामा रहेको सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीस्थित कोभिड अस्पताल पुनः सञ्चालनमा आएको छ ।

गत मंसर १ गतेदेखि बन्द अवस्थामा रहेको सिन्धुली अस्पताल मातहतमा रहेको उक्त अस्पताल जिल्लामा कोरोना संmमणको जोखिम बढ्दै गएपछि माघ १ गतेदेखि पुनःसञ्चालनमा ल्याईएको हो । बागमती प्रदेस समाजिक विकास मन्त्रालयले बजेको व्यवस्था गरेपछि करारमा पुनः कर्मचारी राखेर अस्पताललाई सञ्चालनमा ल्याएको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“कार्यरत कर्मचारीलाई तलब दिन नसकेर दुई महिनाअघि उक्त अस्पताल बन्द भएको थियो । अहिले सामाजिक विकास मन्त्रालयले करारमा कर्मचारी राख्न मिल्ने भनेर बजेट पठाएको छ । पहिले काम गरेका कर्मचारीलाई बोलाएर करारमा तीन महिनाको लागि भर्ना गरी अहिले उक्त अस्पताल सञ्चालनमा ल्याईएको छ ।” सबै किसिमका गरी अहिले नौ जना कर्मचारी कार्यरत रहेको उहाँले सुनाउनुभयो ।

उहाका अनुसार दुई महिना अघि तलब खुवाउन नसकेपछि कार्यरत ४९ जना स्वास्थ्यकर्मी लगायतका कर्मचारीलाई बिदा गरि अस्पताल बन्द गरिएको थियो । स्थानीय तह, राजनीतिक दल, प्रशासन, नेपाली सेना, रेडक्रसकर्मी लगायतको सक्रियतामा झण्डै ३ करोड रुपैया लगानीमा उक्त अस्पताल निर्माण गरी एक बर्षअघि सञ्चालनका लागि सिन्धुली अस्पताललाई जिम्मा दिइएको थियो ।

सिन्धुली जिल्लामा पछिल्लो समय दोस्रो लहरको कोरोना भाईरसको संmमण बढेसँगै गत बैशाख महिनादेखि सिन्धुली अस्पतालको युनिटका रुपमा रहेन गरी ५० शथ्याको उक्त कोभिड अस्पताल सञ्चालनमा ल्याइएको थियो । दोस्रो लहरको कोरोना लहर यता अस्पतालबाट कोरोना संक्रमित मात्रै ३१४ जनाले सेवा लिएका थिए । जसमध्ये २४६ जना स्वस्थ्य भएर डिस्चार्ज भएका थिए भने ३९ जनालाई बाहिर रिफर गरिएको र २९ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

“उक्त अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा छ,” अस्पतालका अध्यक्ष प्रल्हाद पोख्रेलले भन्नुभयो, “कर्मचारी व्यवस्थापन गर्न नसक्दा अक्सिजन प्लान्ट पनि कति दिन चल्ने हो ? अहिलेसम्म आई पुग्दा दुई करोड रुपैया खर्च भई सकेको छ ।” बागतमी प्रदेश सरकारले उक्त अस्पताल सञ्चालनका लागि कर्मचारी व्यवस्थापनका गर्न छुट्याएको ६० लाख रुपैया बजेट गत कात्तिकबाट समाप्त भएपछि अस्पताल बन्द भएको थियो ।

प्रतिक्रिया