सिन्धुली – सिन्धुली अस्पतालमा कार्यरत पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार अस्पतालको विभिन्न शाखामा कार्यरत पाँच जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका कर्मचारी होम आइसोलेसनमा उपचारत रहेको सिन्धुली अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोखरेलले बताउनुभयो । उहाँले सामान्य विरामीलाई अस्पतालमा नआउन समेत अनुरोध गर्नुभयो ।
अस्पतालमा कोरोना संक्रमणका विरामी बढ्दै गएकाले सामान्य बिरामीलाई घरमै बसि खानपिन ध्यान दिन आग्रह गर्नुभयो । साथै उहाँले सास फेर्न गाह्रो भएमा मात्र अस्पताल आउन आग्रह गर्नुभयो । “यदि सास फेर्न गाह्रो भएमा मात्र अस्पताल आउनु होला । सामान्य रुघा, खोकि, टसिल भएमा घरमै तातो पानी खाने र खानपिनमा ध्यान दिनु होला ,” उहाँले भन्नुभयो ।