सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका १ डाँडीमा विद्युत पुगेको झण्डै दुइ महिना वित्ति सक्दा पनि स्थानिय अध्यारोमा बस्न बाध्य भएका छन् । झण्डै दुइ महिना अगाडि केन्दीय प्रसारण लाइन डाँडी बस्तीमा पुगेपनि मिटरबक्स अभावको कारण स्थानिय अध्यारोमा बस्न बाध्य भएका हुन्. ।
घर अगाडिको पोलमा बत्ति बलेपनि आफुहरु अन्धकारमा बस्न बाध्य भएको स्थानिय ज्ञान बहादुर हायुले बताउनुभयो । “घर अगाडिकै पोलमा बिजुली बत्ति बलेको छ तर घरमा बल्न सकेको छैन । अन्धकारमा बस्न बाध्य छौँ । वायरिङको काम सकेको पनि महिनौँ भइसक्यो, ” उहाँले भन्नुभयो । समयमा मिटरबक्स नपाउँदा स्थानियबासी बत्तीमुनिको अँध्यारोमा बस्न बाध्य भएका छन् । “गाउँमा बिजुली नभएको त हैन, तर हामीले बाल्न भएका छैनौँ, बत्ति गाउँ सम्म आइपुग्दा साचिकै गाउँ गाउँमा सिंहदरबार आए जस्तो लाग्थ्यो । बत्ति मुनिको अँध्यारोमा बस्न बाध्या छौँ ,” स्थानियले हायुले भन्नुभयो ।
मिटर बक्स नपाएका स्थानिय उज्यालोबाट बन्चित भएको भन्दै स्थानिय बम बहादुर हायुले गुनासो गर्नुभयो । विद्युत प्राधिकरण सिन्धुलीमा एक महिना अगाडि नै मिटरबक्सको लागि निवेदन दिएपनि हाल सम्म मिटरबक्स नपाएको उहाँले बताउनुभयो । “हामीले एक महिना अगाडि नै विद्युत प्राधिकरण सिन्धुलीमा मिटरबक्सको लागि निवेद दिएका थियौँ । विभिन्न समस्या देखाउँदै अहिले सम्म मिटरबक्स दिएको छैन । प्राधिकरणमा सयौँ फेर धाइ सकेयौँ । अझै दुइ महिना सम्म मिटरबक्स आउँदैन भन्नुहुन्छ । कति दिन हो हामी यसरी अध्यारोमा बस्नु पर्ने ? पोलमा बत्ति बलेको महिनौ वित्दा समेत घरमा बत्ति बाल्न पाएका छैनौँ ,” उहाँले भन्नुभयो । वर्षौ विद्युतको पखाइमा बसेका स्थानिय विजुली बत्ती पुगेपनि उपभोग गर्न नपाउँदा निरास भएका छन् ।
यता विद्युत प्राधिकरण सिन्धुलीका प्रमुख विनोद अधिकारीले मिटरबक्स अभावको कारण समयमा मिटबक्स उपलब्ध गराउन नसकेको बताउनुभयो । उहाँले गत असोजबाट प्राधिकरणमा मिटरबक्सको अभाव रहेको बताउनुभयो । “यस जिल्लामा मात्र होइन देशभर नै यो मिटबक्स अभावको समस्या छ । गत असोज देखि मिटरबक्सको अभाव भएको । मिटरबक्सका कारण सयौँ नागरिकको घरमा बत्ति बल्न सकेको छैन ,” उहाँले भन्नुभयो ।
भारतबाट आउने पर्ने मिटरबक्स नआएका कारण देशभरनै अभाव भएको उहाँले बताउनुभयो । सम्झौता भइसकेपनि विभिन्न कारणले भारतबाट मिटरबक्स नआएको उहाँको भनाइ छ । प्रमुख अधिकारीका अनुसार जिल्लामा हाल २ हजार ७ वटा मिटरबक्सको माग छ । अबको एक महिना भित्र जिल्लामा प्रयाप्त मिटरबक्स आइसक्ने उहाँले जानकारी दिनुभयो ।