शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचन प्रकृया स्थगित

शनिवार , माघ १, २०७८

सिन्धुली – सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचन प्रकृया स्थगित भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तिव्र रुपमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले निर्वाचन प्रकृया स्थगित गर्न निर्देशन दिएसँगै निर्वाचन प्रकृया स्थगित भएको हो । शुक्रबार सिन्धुली उद्योग वाणिज्य संघले एक सुचना जारी गदैँ अर्को सुचना नआए सम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको जनाएको छ ।

सिन्धुली उद्योग वाणिज्य संघले शुक्रबार मतदाता नामावली प्रकाश गर्ने, (शनिबार) माघ १ गते मतदाता नामावलीको दावी विरोध गर्ने, माघ २ गते दावि विरोध उपर जाचबुझ गरि निर्णय गर्ने, माघ ३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, माघ ४ गते मनोनय पत्र खरिद गर्ने, माघ ५ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, माघ ६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने भएको सुचि प्रकाशन गर्ने, माघ ७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघ ८ गते मनोनयन पत्र र उजुरी उपर जाचबुझ गरि निर्णय गर्ने, माघ ९ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, माघ १० गते उम्मेदवारीको नाम फिर्ता लिने, माघ ११ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, माघ १२ गते उम्मेदवारको निर्वाचनको चिन्ह् प्रकाशन गर्ने र माघ १३ गते मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया