शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

बिहिवार , पौष २९, २०७८

सिन्धुली– सिन्धुलीमा बुधबार थप ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार ११ जनामा गरिएको स्वाव परिक्षणमा ३ जना पुरुष मा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा हाल सम्म कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार २ सय ७२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । यस्तै, हाल होम आईसोलेसनमा ३ जना महिला र ५ जना पुरुष सक्रिय संक्रमित उपचाररत रहेका छन । जिल्लामा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३ हजार २ सय १९ पुगेको छ भने ४५ जनाको कोरोना भाईरस संक्रमणका कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

प्रतिक्रिया