शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा पृथ्वी जयन्ती बिभिन्न कार्यक्रम गरि मनाइयो

बुधवार , पौष २८, २०७८

सिन्धुली –३०० औँ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस बिभिन्न कार्यक्रम गरि सिन्धुलीमा पनि मनाइएको छ । हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिएकोमा सिन्धुलीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भब्य कार्यक्रमको आयोजना गरि मनाएको छ । विक्रम सम्वत् १७७९ पुस २७ मा गोरखामा जन्मनु भएको पृथ्वीनारायण शाहको यो तीन सय औँ जन्म जयन्ती हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको सुरुवात गरेको इतिहासमा उल्लेख छ ।

राप्रपा सिन्धुलीका जिल्ला अध्यक्ष भिष्म राज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बाजा गाजा सहित नगर परिक्रमा गरिएको थियो । नगर परिक्रमा पछि सभामा परिणत भई कार्यक्रम गरिएको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष भिष्म राज श्रेष्ठ सहित केन्द्रिय सदस्य शालिकराम माझी, पूर्व केन्द्रिय सदस्य मिन बहादुर थिङ, बागमती प्रदेश सदस्य शुक्र बहादुर बिसंखे लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा पार्टीका नेता कार्यकर्ता शुभेच्छुक हरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शाहले आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेश मार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेको लगायत योगदानको स्मरण गरीएको छ । पौष २७ गतेलाई राष्ट्रिय एकता दिवश तथा पृथ्वी जयन्ती घोषणा हुनुपर्ने राप्रपाको एजेण्डा रहेको राप्रपा जिल्ला अध्यक्ष भिष्म राज श्रेष्ठले बताउनुभयो ।

यस्तै दारी ग्याङ सिन्धुलीले पृथ्वीजयन्ती यस्तै दारी ग्याङ सिन्धुलीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिन्धुलीमाढीमा दिप प्रज्वलन कार्यक्रम गरेको छ ।

प्रतिक्रिया