शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका अधिकाशं विद्यालय बन्द

बुधवार , पौष २८, २०७८

सिन्धुली –सिन्धुलीका अधिकाशं विद्यालय बन्द भएका छन् । नेपालमा ओमिक्रोन भाइरसको संक्रमण फैलिन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार देखि विद्यालय बन्द गर्ने निर्णय गरेसँगै जिल्लामा अधिकाशं विद्यालय बन्द भएका हुन् ।

सरकारको निर्णय अनुसार जिल्लाको निजि तथा सामुदायिक विद्यालय बन्द भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुलीका प्रमुख.राम प्रसाद न्यौपानेले बताउनुभयो । उहाँका अनुसार परिक्षा चलिरहेका विद्यालय भने बन्द भएका छैनन् । परिक्षा सकिएपछि ति बिद्यालय पनि बन्द हुने छन् । परिक्षा नै रोकि विद्यालय बन्द नगरिएको प्रमुख न्यौपानेले बताउनुभयो । जिल्लामा पनि कोरोनाको तेस्रो लहरको संक्रमणको जोखिम भएकाले सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन गरेको उहाँको भनाइ छ ।

कोरोनाको दोस्रो चरणको भाइरस संक्रमणको कारण लामो समय सम्म बन्द भएको विद्यालय पुन बन्द भएसँगै शैक्षिक क्षेत्रमा नकारात्मक प्रभाव पारेको शिक्षकहरुले बताएका छन् । परीक्षाको समय नजिकिँदै गइरहेको अवस्थामा शिक्षणसंस्था बन्द गर्नु गलत भएको शिक्षक विजय तामाङले बताउनुभयो । “लामो समयको बन्द पछि फेरि विद्यार्थी तथा विद्यालय आफ्नो शैक्षिक लयमा फर्कि सकेका थिए, केहि फरक गरेर विद्यालय संचालन गर्नु राम्रो हो । फेरि पनि बन्दको कारण गर्दा शिक्षा क्षेत्रमा नराम्रो असर पर्ने छ , ” उहाँले भन्नुभयो । उहाँले केन्द्रलाई नै आधार मानेर देशभरिका विद्यालय बन्द गर्नु जरुरी नभएको बताउनुभयो । उहाँले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गरि विद्यालय संचालन गर्न पाउने पर्ने माग गर्नुभयो ।

“कोभिड संक्रमित देखिएका क्षेत्र र विद्यालयमा रेड जोन घोषणा गरी उक्त क्षेत्र मात्र बन्द गर्ने र निको भएपछि फेरि खोल्ने व्यवस्था भए राम्रो हुने थियो ,” उहाँले भन्नुभया,े “सकेसम्म विद्यालयले स्वास्थ्य सुरक्षाको उच्चतम उपाय अपनाएर विद्यालय सञ्चालन गर्नुपर्छ ।” उहाँले जिल्लाका सबै शिक्षक र १८ वर्ष माथिका विद्यार्थीले खोप लगाइ सकेको बताउँदै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय संचालन गर्नुपर्ने बताउनुभयो ।

यस्तै शिक्षिका अनित कार्कीले हालको अवस्थामा विद्यालय बन्द गर्नुभन्दा पनि विद्यालय सञ्चालन कार्याढाँचामा उल्लेख गरिएका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनले निरन्तरता पाउनुपर्ने जोड दिएका जोड दिनुभयो ।

“पहिलेको लामो समय विद्यालय बन्द गर्दा निजी विद्यालय सञ्चालकलाई ठूलो पीडा भएको थियो भने विद्यार्थी विद्यालय आउन नपाउँदा मानसिक तनावममा परेका थिए ,” उहाँले भन्नुभयो, ”हालको अवस्थामा भौतिक रूपमा स्कुल बन्द गर्ने समय आएको छैन। स्कुलमा भीड घटाउने उपाय अवलम्बन गर्नुपर्ने, दिन बिराएर वा एकै दिनमा दुई सिफ्ट कक्षा सञ्चालन गरेर आलोपालो पठनपाठन सञ्चालन गर्नुपर्नेलगायत विधि अपनाएर विद्यालय सञ्चालन हुनुपर्छ। बन्द समस्याको समाधान होइन।” जिल्लाकोमा हाल संक्रमण फैलि नसकेकाले तत्कालै केन्द्रलाइ आधार मानेर विद्यालय बन्द गर्न जरुरी नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया