सिन्धुली – सिन्धुलीमा तरकारी लोड भएको योद्धा पिकप गाडि दुर्घटना हुर्दा एक जनाको मृत्यु भएको छ । मंगलबार राती दुई बजेको समयमा विपि राजमार्ग स्थित गोलन्जोर गाउँपालिका ७ माथिल्लो बारामा लाहानबाट काठमाडौँ तर्फ जादै गरेको योद्धा गाडि आफै अनियन्त्रि भइ दुर्घटना हुदाँ गाडिमा सवार एक व्यक्तिको मृत्यु भएको हो ।
सडकको बाँया साइडको भित्तामा गाडिले च्यापिएर सिराह धनगढिमाई नगरपालिका ९ जिरो माइलका २५ वर्षिय किसन कुमार साहको घट्नास्थल मै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रदेश नम्बर ३¬०१ ०२४ च ४२७६ नम्बरकोे तरकारी लोड भएको योद्धा गाडि आफै अनियन्त्रीत भइ सडक भित्ताको साईड नालामा पल्टिएको थियो ।
गाडि चालक सिराहा सखुवानकारकट्टी गाउँपालिका १ मौवाहीका २८ वर्षिय सन्तोष कुमार साहको छातिमा चोट लागेको र गाडिमा सवार कल्याणपुर नगरपालिका ५ का २१ वर्षिय रन्जु भन्ने पवन महराको बायाँ खुट्टामा चोट लागेको साथै उनीहरुको अवस्था मध्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरु दुबै जनाको जिवन असपताल खुर्कोटमा उपचार भइरहेको छ ।