सिन्धुलीमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कमलमाई नगरपालिका ४ स्थित विपी राजमार्ग अन्तर्गत ढुंग्रेबासमा मंगलबार राति साढे सात बजेको समयमा मोटरसाइकल र ट्रयाक्टर एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको घटनास्थालमै मृत्यु भएको हो । मृत्यु हुनेमा कमलामाई नगरपालिका ६ धन्सारेका रबि खत्रि रहेका छन् । यसबारेमा आधिकारीक जानकारी लिन खोज्दा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता मनोज लामा पन्छिएका थिए । उनिसँग बारम्बार सम्पर्क गरेर आधिकारीक जानकारी लिन खोज्दा डिएसपि लामाले व्यस्त रहेको भन्दै जानकारी दिन मानेनन । विगतमा पनि लामाले घट्नाको प्रारम्भिक अनुसन्धानका बारेमा पत्रकारलाई जानकारी दिन ढिलाई र कञ्जुस्याईँ गर्ने गरेको पत्रकारले गुनासो गरेका छन् ।
त्यस्तै, सोमबार दुधौली नगरपालिकामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किदा एकजनाको मृत्यु भएको थियो । मोटरसाइकल पछाडि सवार दुधौली नगरपालिका ७ कत्लेखेत का ५५ वर्षिय बिर बहादुर थापा मगरको कटारिमा सामान्य उपचार पश्चात थप उपचारको लागी विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।