सिन्धुली– सिन्धुलीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार कटारीबाट दुधौलीतर्फ आउँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको स्कुटर दुधौली नगरपालिका ७ डम्वरखाडी स्थित मदनभन्डारी राजमार्गमा एक आपसमा ठक्कर खाइ दुर्घटना हुदाँ मोटसाइकल पछाडि सवार व्यक्तिको मृत्यु भएको हो । मोटसाइकल पछाडि सवार दुधौली नगरपालिका ७ कत्लेखेत का ५५ वर्षिय बिर बहादुर थापा मगरको कटारिमा सामान्य उपचार पश्चात थप उपचारको लागी बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुधौली नगरपालिका ११ का ४२ वर्षिय लाल बहादुर मगरले चलाएको प्र. २–०१–००१ प. ५२०७ नम्बरको मोटसाइकल र विपरित दिशाबाट कटारी तर्फ जाँदै गरेको उदयपुर कटारी नगरपालिका ५ तिनतलेका अन्दाजी ४५ का एक बहादुर घले मगरले चलाएको प्र. २–०१–००१ प. ८१५४ नम्बर स्कुटर एक आपसमा दुर्घटना भएको हो । स्कुटर चालक उदयपुर कटारि नगरपालिका ५ तिनतलेका ४५ वर्षिय एक बहादुर घले मगरको दुधौली स्वास्थ्य चौकीमा उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।
स्कुटर पछाडी सवार उदयपुर कटारि नगरपालिका ५ तिनतले बस्ने बर्ष ४० को दिप बहादुर पोख्रेल सामान्य घाईते भई कटारी अस्पतालमा उपचार भइरहेको छ भने मोटसाइकल चालक मगरको कटारी अस्पतालमा सामान्य उपचार पश्चात बि एण्ड बि ललितपुरमा उपचार भइहेको डिएसपि लामाले जानकारी दिनुभयो ।