शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मोटरसाइकल चोरी गर्ने सिन्धुलीका दुई जना पक्राउ

मंगलवार , पौष २०, २०७८

सिन्धुली– मकवानपुर प्रहरीले सिन्धुलीका दुईजनालाई मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुली मरिण गाउँपालिका वडा नम्वर ३ बस्ने २३ वर्षीय टोपबहादुर वाईवा र सोही ठाउँ बस्ने २० वर्षीय अरुण मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिनुभयो ।

बागमती गाउँपालिका वडा नम्वर २ राईगाउँ बस्ने छबिलाल बम्जनको बा.प्र.०३–००३ प ३१३० नम्बर को २२० सि.सि. को पल्सर मोरटसाइकल चोरी गर्ने उनीहरुलाई पक्राउ गरिएको हो । वाईवा र मोक्तानलाई ईलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट खटिएको प्रहरी टोलीले बागमती–४ बाट पक्राउ गरेको हो ।

बम्जनले आइतबार बिहान आफ्नो घर अगाडी पार्किङ गरी राखेको मोटरसाइकल चोरी भएको सूचना प्राप्त हुन साथ खोजतलास गर्दा उनीहरुको साथबाट बरामद भएपछि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । पक्राउ परेका दुबै जानलाई सोमबार मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमती थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया