सिन्धुली – नेपाली काग्रेस वडा कार्य समिति दुधौली नगरपालिका ३ ले राहत वितरणमा भ्रामक भिडियो सामाजिक संजालमा देखिएको भन्दै नगरपालिकालाई ध्यानाकर्षण प्रत्र बुझाएको छ ।
दुधौली नगरपालिका वडा नम्बर ३ मा जंगली हात्तिकको आक्रमणबाट क्षेती भएको घरपरिवारलाई राहत वितरण गर्ने क्रममा भ्रामक भिडियो एमाले कार्यकताले बनाएको भन्दै आइतबार नेपाली काँग्रेस वडा कार्य समिति दुधौली नगरपालिका ३ ले ध्यानाकर्षण पत्र निकालेको हो ।
“जंगली हात्तिको आक्रमणबाट क्षेति भएको घरपरिवारलाई दुधौली नगरपालिकाले राहत वितरण गरेको भएपनि एमालेको कार्यकता साथै एमालेबाट निवाचित वडा सदस्य धन कुमारी घिमिरेले राहत एमालेले दिएको र एमालेलाई भोट हाल्नु भन्दै बनाएको भिडियो सामाजिक संजालमा आएकाले सार्वजनिक पदधारण गरेको व्यक्तिले राज्य कोषको रकमलाई आफ्नो पाटिद्धारा वितरण गरिएको भनी भ्रम फैलाउने निन्दनीय कार्य गर्नका साथै पदीय मर्यादालाई भूली स्थानीय सत्ताको चरम दुरुपयोग समेत गरेकाले नेपाली कांग्रेस वडा कार्य समिति वडा नम्बर ३ को ध्यानाकर्षण भएको छ ।”
ध्याकर्षण पत्रमा भनिएको छ । उक्त कार्यको घोर भत्र्सना गदै सत्य तथ्य सावैजनिक गर्न पत्र मार्फत माग गरिएको छ ।