सिन्धुलीमा निजी प्रयोजनकालागि वन, मठमन्दिर, खोला, बाटो लगायत सार्वजनिक जग्गा मिच्ने क्रम रोकिएको छैन । ऐलानि जग्गामा निजि सम्पदा निर्माण रोक्नकालागि स्थानिय सरकारले छानविन गरेपनि प्रभावकारी देखिएको छैन । ग्वाङ खोलाको धारनै परिवर्तन गरेर ठूला रुख रोप्ने, व्यवस्थापन समितिका पदाधिकारीले नै मठमन्दिरको जग्गा अतिक्रमण गर्ने, वनको जग्गामा भौतिक पुर्वाधार निर्माण गर्ने लगायतका कार्यहरु जिल्लामा भइरहेको छ ।
स्थानिय सरकारले ऐलानि जग्गाको नापजाँच तथा निजि प्रयोगकालगि अतिक्रमण गरिएको जग्गालाई सार्वजनिक गर्न छानविन गरेपनि दिर्घकालिन सफलता प्राप्त हुन सकेको छैन । जिल्लाका सार्वजनिक जग्गामा केहि व्यक्ति र समुहले गैरकानुनि ढंगमा प्रक्रियाहरु पुरा गर्दै आफूखुशि प्रयोग गर्दै आएका छन् । तसर्थ, स्थानिय सरकारले सार्वजनिक जग्गाको संरक्षण गर्नतर्फ विशेष ध्यान दिन आवश्यक छ ।
खोला आसपासका क्षेत्रमा ठूला रुख रोपेर खोलाको धारनै परिवर्तन गर्न खोज्ने तथा खोलाकै जग्गामा भौतिक पुर्वाधार निर्माण गर्दा सार्वजनिक जग्गा अलपत्र जस्तै भएको छ । विशेषगरि, वन क्षेत्रमा गैरकानुनि ढंगमा संरक्षणाहरु बनाइएको छ । सामुदायिक वन उपभोक्ता समितिहरुले पनि वन अतिक्रमणलाई गम्भिरतापुर्वक लिदैँ अतिक्रमण रोक्न आवश्यक कदम चाल्न जोड दिनुपर्छ । त्यस्तै, स्थानिय सरकारले आफ्नो क्षेत्रमा जग्गा अतिक्रमणको अवस्था र अतिक्रमणलाई निरुत्साहित पार्न प्रभावकारी कार्यक्रम ल्याउन जरुरी छ । अतः जिम्मेवार निकायले अतिक्रमित जग्गा फिर्ता ल्याएर सार्वजनिक सुविधाकालागि प्रयोग गर्नतर्फ केन्द्रित हुन आवश्यक छ ।