शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा शनिवार के भयो ?

आइतवार , पौष १८, २०७८

प्याब्सन सिन्धुलीको अध्यक्षमा मनोज प्रधान

सिन्धुली – प्याब्सन सिन्धुलीको अध्यक्षमा मनोज प्रधान चयन हुनुभएको छ । प्याब्सन सिन्धुलीको नौं औं जिल्ला सम्मेलनले अध्यक्षमा प्रधानलाई चयन गरेको हो ।

प्याब्सन सिन्धुलीको उपाध्यक्षमा प्रसान्त ढकाल, सचिवमा भानुभक्त गुरुङ, कोषाध्यक्षमा पदमराज कार्की, सहसचिवमा रामचन्द्र कुवर, सदस्यहरुमा शंकर राज भण्डारी,छत्र स्यांताङ्ग, रेगनराज थापा र मायाँ दाहाल चयन हुनुभएको छ । प्याब्सन सिन्धुलीका पुर्व अध्यक्ष राजेश मास्केको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको थियो ।

सम्मेलनलाई संबोधन गर्दै नगर प्रमुख खड्गबहादुर खत्रीले विद्यालय गएपछि १०–४ को समयलाई कर्तव्य बोध संझेर शिक्षक र व्यवस्थापन पक्षले काम गर्ने हो भने शिक्षा क्षेत्र पुर्ण रूपमा सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निजि होस या सामुदायिक विद्यालय जहाँ भएपनि नेपालीका छोराछोरी अध्ययन गर्ने उल्लेख गर्दै त्यस्ता बालबालिकाहरु देशका लागि योग्य र क्षमतावान भएर निस्कन सक्ने शिक्षा दिनु आजको आवश्यकता रहेको समेत औल्याउनु भयो । उहाँले भन्नु भयो, “आधुनिक र प्रतिष्पर्धा युक्त शिक्षाको आवश्यक छ । तपाईहरु शिक्षा क्षेत्रमा व्यवसायीक मात्र हैन कर्तव्यबोधका साथ काम गर्नुहोस स्थानिय सरकारले निजि र सामुदायिक विद्यालय भनेर कुनै भेदभाव गर्दैन हामी सहयोग गर्न तयार छौं ।”

सम्मेलनमा प्याब्सनका केन्द्रिय सदस्य ओम प्रधानले निजि विद्यालय र स्थानिय सरकारहरूविचको समन्वय प्रभावकारी हुनु पर्ने धारणा राख्नु भयो । उहाले भन्नु भयो, “शिक्षकहरूको क्षेमता अभिवृद्धि, विद्यालय व्यवस्थान, स्थानीय पाठ्यक्रमको लागु गर्ने देखि यसको रेखदेख, अनुगमन सरकारले नै गर्ने हो । हामीले लगानी गरेर सेवा नै गरेका छौं । यस्ता कार्यमा स्थानीय, प्रदेश र संघिय सरकारले समेत विभेद रहित ढंगले हेरी दिनुपर्छ ।”

कमलामाई नगरपालिका शिक्षा शाखा प्रमुख शंकरराज लुईटेलले निजि विद्यालयहरूको विकासमा गम्भिरहुन आग्रह गर्नु भयो । निजि विद्यालयमा कार्यरत शिक्षकहरूले नियुक्ति पत्र नपाएको, तलव न्यून पाएको, शेवा सुविधा नपाएको गुनासो आउने गरेको स्मरण गराउँदै लुईटेलले त्यस्ता गुनासोहरुलाई संस्थागतरुपमानै सम्बोधन गर्न आग्रह गर्नु भयो उहाँले भन्नुभयो, “ निजि विद्यालयका संचालन अनुमति, नविकरण, कक्षाअपग्रेट लगायतका कागजातहरू केकस्ता छन त्यसका आधारमा विवरण माग गरेपनि हामीले पाउन सकेका छैनौं । यस्तो विषयमा किन ढिला गर्नु भएको हो । हामी तपाईहरुको कर्मका आधारमा नगर शिक्षाका तफृबाट सहयोग गर्न तयार छौं ।”

सम्मेलनमा प्याब्सन सिन्धुलीका संस्थापक अध्यक्ष तथा सल्लाहकार सतिसचनद्र ढकालले निजि विद्यालयहरुको संस्थागत विकासमा धेरै उतारचढाव आएको स्मरण गर्नु भयो ।

कार्यक्रममा प्याब्सन बागमति प्रदेशका उपाध्यक्ष मीन प्रसाद काफ्ले निजि विद्यालयको प्रगतिलाई बाहिरबाट समर्थन गर्दै भित्रभित्रै कैचि मार्नेहरूको कमि नभएको उल्लेख गर्दै आफुहरुले श्रम गरेको तर, बाहिर हल्ला जस्तो नलुटेको भन्दै स्पष्ट पार्नु भयोे । उहाँले यस्तो टिक्का टिप्पणी नगरिदिन आग्रह समेत गर्नुभयो । कोभिड लगायतका कारण निजि विद्यालयहरूको आर्थिक अवस्था धरासायि बन्दा राज्यले खासै ध्यान दिन नसकेको गुनासो राख्नु भयो ।

प्याब्सन सिन्धुलीका अध्यक्ष राजेश मास्केले आफ्नो कार्यकालमा कोभिड–१९ को संक्रमणका कारण उल्लेख्य कामहरु गर्न नसकेपनि महामारीका विचमा पनि रेडियो शिक्षा, विद्यार्थीहरूको पाच महिनाको शुल्क मिनाहा, कोभिड प्रभावितहरूलाई सहयोग, राहत कोषमा आर्थिक सहयोग जस्ता कर्म गरेको स्मरणा गर्नु भयो ।उपाध्यक्ष रेगनराज थापाले स्वागत मन्तव्य राख्नु भयो ।

 

नेकपा एमाले सिन्धुलीले जिल्ला अधिवेशनका प्रतिनिधि छनोट

सिन्धुली –नेकपा एमाले सिन्धुलीको आगामी २३ गते हुने जिल्ला अधिवेशनका प्रतिनिधि छनोट गरेको छ । एमालले जिल्लाका ९ वटै स्थानिय तहको ७८ वटा वडाबाट प्रतिनिधि छनोट गरेको हो । गएको पौष ४ गते नेकपा एमाले जिल्ला कार्यसमिती सिन्धुलीको २८ औं पुर्ण बैठकमा पुष १७ गते जिल्लाको सबै पालिका तथा वडाबाट प्रतिनिधि छनोट गर्ने निर्णय अनुसार शनिबार प्रतिनिधि छनोट गरेका एमाले सिन्धुलीले जनाएको छ ।

जिल्लाको ९ स्थानिय तहबाट नेकपा एमालेको अधिवेशनका लागी भुगोलबाट ६ सय ९ जना प्रतिनिधि छनोट भएका छन् । जिल्लाको ९ स्थानिय तह मध्य ८ स्थानिय तहले प्रतिनिधि छनोट गरेको छ भने फिक्कल गाउँपालिकाको एउटा वडामा भने स्तगित भएको नेकपा एमाले फिक्कल गाउँकमिटी अध्यक्ष राम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

फिक्कल गाउँपालिकामा नेकपा एमालेको संगठित सदस्य ९ सय ६३ को आधारमा ३७ जना प्रतिनिधि छनोट गर्नु पर्ने भए पनि अन्य वडाको सबै नतिजा आउदा वडा नम्बर ४ ले भने बिशेष कारणले सोमबार सम्म प्रतिनिधि छनोट गर्ने निर्णय भएको भण्डारीले बताउनुभयो । फिक्कल बाहेक अन्य ८ पालिकाले भने सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ ।

गोलन्जोर गाउँपालिकाबाट ४७ जना, कमलामाई नगरपालिकाबाट १ सय ४३ जना, दुधौली नगरपालिकाबाट १ सय ४२ जना, सुनकोशी गाउँपालिकाबाट ६० जना, तीनपाटनबाट ८९ जना, मरिणबाट ३६ जना, हरिहरपुरगढीबाट ३८ जना र घ्याङ्लेख गाउँपालिकाबाट २३ जना प्रतिनिधि छनोट भएको नेकपा एमाले सिन्धुलीका पालिका कमिटीका अध्यक्षहरुले जानकारी दिएका छन् ।

नेकपा एमालेको जिल्लामा २० हजार २ सय ५६ जना संगठित सदस्य रहेका छन् । यसैको आधारमा अधिवेशनको लागी भुगोलबाट ६ सय ९, जन संगठनबाट १ सय ५२ जना, आयोजकबाट ८५ जना लगाएत गरी ८ सय ७० देखी ८ सय ९० जना सम्म प्रतिनिधि छनोट हुने नेकपा एमाले जिल्ला उपसचिव एवं कमलामाई नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रथम नगर स्तरिय तेक्वान्दो प्रतियोगित

सिन्धुली –प्रथम नगर स्तरीय तेक्वान्दो प्रतियोगिता सिन्धुलीमाढीमा सम्पन्न भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुख्य नाराको साथ नगर खेलकुद विकास समितिको आयोजनामा तेक्वान्दो प्रतिपयोगिता सम्पन्न भएको हो । प्रतियोगितामा कमलामाई नगरपालिकाको १४ वटै वडाबाट ९७ जना खेलाडीहरु सहभागि भएका थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले नगरका युवालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउनको लागी खेलकुदको पनि महत्वपुर्ण भूमिका रहेको भन्दै खेलकुदको बिकासको लागी नगरले सहयोग गरिरहेको बताउनुभयो ।

प्रथम नगर स्तरीय तेक्वान्दो प्रतियोगितामा नगरका ४ वटा क्लबको ९७ जनाको उपस्थिती रहेको छ । जसमा २२ केजि भन्दा माथि ३ केजिको फरकमा ५५ केजि सम्मका जुनियर र सिनियर गरी १५ वटा खेल खेलाइने आयोजकले जनाएको छ ।

सिनियर र जुनियर दुबै तर्फका प्रतियोगितामा बिजेता तथा उपबिजेतालाइ सिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने सिन्धुली तेक्वादो संघ सिन्धुलीका अध्यक्ष लोक बिक्रम थापाले जानकारी दिनुभयो ।

नगर खेलकुद बिकास समिती अध्यक्ष दिपेन्द्र फुयालको अध्यक्षता तथा कमालामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रिको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।

 

घ्याङलेखमा पोषण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर २ मा पोषण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । घ्याङलेख गाँउपालिकाकी उपाध्यक्ष दुर्गादेवि सुनुवारको अध्यक्षताका पोषण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मरिण बराजु ऋण सहकारी संस्था लिमिटेडका सदस्यहरुलाई पोषण सम्बन्धी जनाकारी गराईएको थियो । पोषण युक्त खानेकुराहरु के के हुन , कस्ता खानेकुरा खादाँ पोषण प्राप्त गर्न सकिन्छ लगायत अन्य बिषयमा सहकारीका महिलाहरुलाई जानकारी गराईएको घ्याङलेख गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष एक बहादुर खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा मरिण बराजु ऋण सहकारी संस्थाका अध्यक्ष बाटुली वाईबा, सहकारीका सदस्यहरु लगायत स्थानीयहरुको उपस्थिति रहको थियो ।

 

प्रतिक्रिया