शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

शुक्रवार सिन्धुलीमा के भयो ?

शनिवार , पौष १७, २०७८

घ्याङलेख गाँउपालिकाको १० औँ गाँउसभा सम्पन्न

घ्याङलेख गाँउपालिकाको १० औँ गाँउसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । स्वास्थ्य, शिक्षा, कृषि र भौतिक पुर्वधार घ्याङलेखको समृद्धिको आधार भन्ने मुलनाराको साथ घ्याङलेख गाउँपालिकाको १० औँ गाउँसभा तथा हिउदे अधिवेशन सुक्रबार सम्पन्न भएको हो ।

गाउँसभामा संशोधित पेश गरिने निती तथा कार्यक्रमहरु गाउँपालिकाका उपाध्यक्ष दुर्गादेवि सुनुवारले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममलाई सम्बोधन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनले काम गर्ने क्रममा बिभिन्न कमिकमजोरी हुन सक्ने र कमिकजोरीको बारेमा जानकारी गराए आगामि दिनहरुमा राम्रो काम गर्न सहज हुने बताउनुभयो । साथै उहाँले काम गर्ने क्रममा अहिले सम्म सवै वडा लाई सम्मान तरिकाले हेरेको समेत बताउनुभयो ।यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ गाउँपािलकाका उपाध्यक्ष दुर्गा देवी सुनुवारले गाउँपालिकामा सडक, विजुली, स्वास्थ्य र शिक्षा पहिलो प्रथामिकतामा राखेर काम गरेको बताउनुभयो ।

घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा गाउँपालिकाका बिभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, बिभिन्न दलका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

हरिहरपुरगढीमा कृषकलाई टनेल वितरण

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले कृषकलाई टनेल वितरण गरेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाका अध्यक्ष कारसाङ लामाले कृषकलाई टनेल बितरण गर्नु भएको हो ।

गाउँपालिकाको वडा नम्बर ७ र ८ का १ ÷१ जना कृषकलाई टनेल बितरण गरेको गाउँपालिकाका सुचना अधिकारी सुदिप लामिछानेले जानकारी दिनुभयो ।

किसानहरुले लगाएका बेमौसमी तरकारी र मौसमी तरकारीमा हावा, पानी, असिना, घामले प्रतिकुल रुपमा असर नपारोस, स्थानीयबासीले उत्पादनमा बुद्धि गरी पर्याप्त मात्रामा आन्दामी गर्न सकुन, स्वदेशमै रोजगारी गरि आफैमा आत्मनिर्भर बन्न सकुन भन्ने उदेश्यले टनेल वितरण गरेका सुचना अधिकारी लामिछानेले जानकारी दिनुभएको छ ।

कमलामाईमा लोकसेवा तयारी कक्षा सुरु

सिन्धुलीको कमलामाई नगरपालिकामा लोकसेवा तयारी कक्षाको उद्धघाटन भएको छ । कमलामाई नगरपालिकाको आयोजनामा नगरको बार्षिक निती तथा कार्यक्रम अनुसार संचालन गर्न लागेको लोकसेवा तयारी कक्षाको सुक्रबार उद्घाटन भएको हो ।

नगरपालिकाले नगरमा रहेका बेरोजगार तथा लोकसेवा पास गर्न चाहने ईच्छुकलाई लक्षित गर्दै निशुल्क लोकसेवा तयारी कक्षा संचालन गरेको नगरपालिकाका सुचना अधिकारी निर्मल लामाले बताउनुभयो । एक महिना सम्म नायव सुव्वा ÷ सहायक स्तर पाँचौ, प्रहरी सहायक निरिक्षक र सहायक सेनानीको लागी लोकसेवा तयारी कक्षा निशुल्क संचालन हुने छ ।

नगरले दिएको निशुल्क लोकसेवा तयारी कक्षाको लागि नायव सुव्वा ÷ सहायक स्तर पाँचौको लागी ४५ जना, प्रहरी सहायक निरिक्षकको लागी १० जना र सहायक सेनानीको लागि ३ जनाले आवेदन दिएको सामाजिक बिकास शाखाका नासु बबिन्द्रलाल माझीले जानकारी दिनुभयो ।

कांग्रेस सिन्धुलीले ४५ औं राष्ट्रिय मेलमिलाप दिवस मरिणमा मनायो

नेपाली कांग्रेस सिन्धुलीले ४५ औं राष्ट्रिय मेलमिलाप दिवस मरिण गाउँपालिकामा मनाएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा सुक्रबार मेलमिलाप दिवस मनाइएको हो ।

विं.सं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता समेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थी लगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो ।

बिपी कोइरालाले लिएर आउनु भएका मेलमिलापको प्रस्ताव अहिले पनि त्यतिकै सान्दर्भिक रहेको र दलभित्र तथा दल बाहिर पनि मेलमिलापको आवश्यकता रहेको आजको कार्यक्रममा चर्चा गरिएको थियो । साथै कार्यक्रममा सिन्धुलीबाट नेपाली कांग्रेसको बागमति प्रदेश सदस्य तथा केन्द्रीय सदस्यमा निवार्चित सदस्यलाई बधाइ तथा सुभकामना समेत दिइएको थियो ।

नेपाली कांग्रेसका जिल्ला सभापति उज्वल बरालको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्याम कुमार घिमिरेको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य सुसिला थिङको बिशिष्ट आतिथ्यता भएको कार्यक्रममा नेपाली काग्रेसका नेता तथा कार्यकताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया