बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सम्पत्ति विवरण सार्वजनिक गर

शुक्रवार , पौष १६, २०७८

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले सम्पत्ति विवरण अनिवार्य रुपमा सार्वजनिक गर्नु पर्ने भएपनि सिन्धुलीमा अधिकाशं जनप्रतिनिधिले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । जिल्लाको नौँ वटा स्थानिय तहका अधिकाशं जनप्रतिनिधिले पाँच वर्ष कार्यकाल सकिनै लाग्दा समेत सम्पति विवरण सार्वजनिक गरेका छैनन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ बमोजिम सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण अनिवार्य रुपमा सार्वजनिक गर्नु पर्ने नियमानुसार जनप्रतिनिधिले पनि प्रत्येक आर्थिक वर्षमा सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने उल्लेख गरिएको छ । पदधारण गर्नु अघि र पदधारण गरेपछि प्रत्येक आर्थिक वर्षमा सम्पत्ति सार्वजनिक गर्नु पर्ने नियम भएपनि कार्यन्वयन गरेका छैनन् ।

जनप्रतिनिधिले नै सम्पत्ति सार्वजनिक नगरेपछि धेरै शंका उपशंकाहरु उब्जिएको छ । आफैले बनाएको कानुन, आफै उल्लघन गर्दछन् भने, उनीहरुबाट जनताले के आश राख्ने । तसर्थ, जिल्लाका जनप्रतिनिधिले सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाई गर्नुहुदैँन । सम्पत्ति विवरण सार्वजनिक नहुँदा जनप्रतिनिधिप्रति नागरिकले शंका गरेको अवस्था छ । स्थानिय तहमा व्यापक अनियमितता र भ्रष्टाचार भएको समाचार सार्वजनिक भइराख्दा जनप्रतिनिधि अपारदर्शि बन्नुले जनप्रतिनिधिको साख घटेको छ । अतः यथाशिघ्र सिन्धुलीका जनप्रतिनिधिले सम्पत्ति विवरण सार्वजनिक गर्दै उब्जिएका शंकालाई चिर्न जरुरी छ ।

प्रतिक्रिया