नेपाली सांगितिक क्षेत्रका चर्चित गायक आशिष राना मगर ‘लाउरे’ लाई प्रहरीले पक्राउ गरेको छ । र्यापर लाउरेलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताउनुभयो । लाउरे भनेर चिनिने राना र्याप ब्याटलबाट चर्चामा आएका थिए । उनले गाएका थुप्रै गितहरु युवापुस्तामा चर्चित छ ।
पोखरा घर भएका उनलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको एसपी थापाले बताए । उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् । उनीसँगै लागु औषध कारोबार गर्ने समूह पनि पक्राउ परेको प्रहरीको भनाई छ ।