बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

विरोधको प्रक्रिया फेर

बिहिवार , पौष १५, २०७८

सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ मा आव्हान गरेको बन्दमा अराजक गतिविधिहरु देखिएको छ । बन्दकर्ताले कानुननै हातमा लिएर प्रहरी देखि सर्वसाधरणमाथि आक्रमण गरिरहेका छन् । किसानले पाउने राहतमा गैरकिसानले राहत पाएको भन्दै राहतको सामाग्री लुट्ने किसानको रिहाईकालागि जनमत पार्टीले बन्द आह्वान गरेको हो । यसअघि पनि राउत नेतृत्वको पार्टीले जनकपुरमा एक कर्मचारीलाई कालोमोसो दल्दै परिक्रमा गराएका थिए । पछिल्लो समय जनकार्वाही भन्दै उक्त पार्टीले अराजक गतिविधि गर्दै आएको छ ।

जनमत पार्टीले वास्तविक र जायज कुराको विरोध गरेपनि विरोध गर्ने तरिका भने गलत देखिएको छ । बन्दकर्ताले श्रम गरेर हात मुख जोड्ने नागरिकलाई पिडा थपिरहेका छन् । विपन्न तथा श्रमिक नागरिकको लागि आन्दोलन गरेपनि त्यहि समूहको अन्य नागरिकलाई भने बन्दकर्ताले दुःख दिईरहेका छन् । तसर्थ, यदि देशमा कानुन छ भने त्यस्ता गतिविधि रोक्नकालागि राज्यले गम्भिर भएर यथाशिघ्र कदम चाल्न जरुरी छ । अन्यथा, आगामी दिनमा अराजकताले प्रश्रय पाउने छ र कानुनको उल्लंघन गर्ने बढ्नेछन् ।

पछिल्लो समय नेपालमा विरोधको शैलि अपाच्य र अव्यवहारीक देखिएको छ । विरोधको नाममा अराजकता फैलाउने क्रम बढ्दो छ । यस्ता गतिविधिहरुले प्राथमिकता पाउनुमा राज्यको पनि कमजोरि छ । तसर्थ, कानुनी राज्यमा अराजकता फैलिन नदिन सरकारले सबै संयन्त्र प्रयोग गर्न जरुरी छ ।

 

प्रतिक्रिया