शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका सुत्केरी महिलालाई कुखुराको भाले र घिउ

बुधवार , पौष १४, २०७८

सिन्धुली – सिन्धुलीका नौँ वटै स्थानिय तहले पछिल्लो समय गर्भवती महिलाई कुखुराको भाले, घिउँ लगाएतका पोषणका प्याकेज वितरण गर्न सुरु गरेको छ । सुरक्षित प्रसुती सेवाका लागि गर्भवती महिलालाई कुखुराको भाले, घिउ लगायतका पोषणका प्याकेज वितरण गर्न सुरु गरेको पालिकाहरुले जनाएका छन् ।

जिल्लाका कमलामाई, मरिण, तीनपाटन लगायतका स्थानीय तहले प्रसुती सेवालाई प्रभावकारी बनाउन सरकारले दिने प्रसुती भत्तामा थपेर भत्ता दिने, कुखुराको भाले र घिउ बितरण लगायतका कार्य सुरु गरेका छन् । घरमा नै सुत्केरी हुदा आमा र शिशुको ज्यान जोखिममा पर्ने भएकाले अस्पतालमा नै सुत्केरी गराउन प्रोत्साहन गर्न गर्भवती महिलालाई सरकारले दिने भत्तामा थपेर भत्ता दिन सुरु गरेको स्थानीय तहले जनाएका छन् ।

मरिण गाँउपालिकाले भने बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुत्केरी महिलालाई दुई केजीको कुखुरा बितरण गर्न सुरु गरेको छ । पालिकालाई कुपोषणबाट मुक्त बनाउन सुत्केरी महिला, गर्भवती महिला र जन्मेको छ महिनादेखि एक बर्षभित्रका शिशुलाई कुखुराको भाले सहित पौष्टिक आहार बितरण गर्न सुरु गरेको उक्त गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका स्वास्थ्य शाखा संयोजक मधुसुन लाखेका अनुसार सुत्केरी महिलालाई कम्तिमा पनि दुई केजीको लोकल भालेसहित पोषिलो झोला बितरण गरिएको छ । पोषिलो झोलमा एक केजी ध्यु, केराउ, बोडी, राज्मा, मुगको दाला एक÷एक केजी, साबुन र बच्चाको लागि प्रयोग हुने स्वास्थ्य सामग्री रहेको छ । बच्चालाई भने सर्बोत्तम पिठो उपलब्ध गराइएको छ । कमलमाई नगरपालिकाले भने सुत्केरी महिलालाई दुई केजी घिउ बितरण गर्न सुरु गरेको छ ।

तीनपाटन गाँउपालिका स्वास्थ्य शाखा संयोजक ईन्द्रबहादुर दुलालले यो बर्षदेखि सुत्केरी महिलालाई पाँच हजार रुपैया प्रोत्साहन भत्ता दिन सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले स्वास्थ्य संस्थामा आई गर्भवती अवस्थामा चार पटक परिक्षणको चरण पार गरी सुत्केरी हुने महिलालाई दिदै आएको दुई हजार आठ सय रुपैयामा दुई हजार दुई सय रुपिया थपेर पाँच हजार दिन सुरु गरिएको हो ।

त्यसो त सिन्धुली ा अस्पताल, चार वटा प्राथमिक स्वास्थ्य केन्द्र र ३४ वटा प्रसुती सेवा केन्द्र(बर्थिङ् सेन्टर) ले भरपर्दो प्रसुती सेवा दिई रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७÷०७८ मा ती स्वास्थ्य संस्थाबाट कुल तीन हजार १८ जना गर्भवती महिलाहरुले प्रसुती सेवा लिएका छन् । ती मध्ये दुई हजार ८११ जनाले तालिम प्राप्त स्वास्थ्यकर्मीबाट र २०७ जनाले सामान्य रुपमा प्रसुती सेवा लिएका छन् ।

हाल जिल्लामा जिल्ला अस्पताल, चार वटा प्राथमिक स्वास्थ्य केन्द्र र १५ वटा स्वास्थ्य चौकीमा २४ सैं घण्टा भरपर्दो तथा सुरक्षित प्रसुती सेवा प्रदान भईरहेको कार्यालय प्रमुख जितेन्द्र साहले बताउनुभयो । सरकारले स्वास्थ्य संस्थामा आएर प्रसुती सेवा लिनेलाई दुई हजार रुपियाँ नगद यातायात खर्च उपलब्ध गराउदै आएको र निरन्तर रूपमा गर्भ जाँच गरी स्वास्थ्य संस्थामै आएर बच्चा जन्माउनेलाई थप आठ सय रुपिया सहित न्यानो झोला प्रदान गर्दै आएको उहाँको भनाई छ ।

चालु आर्थिक वर्ष ०७८÷०७९ मा हालसम्ममा ९०७ जनाले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसुती सेवा लिएका छन् । ती मध्ये ८७९ जनाले तालिम प्राप्त स्वास्थ्यकर्मीबाट र २८ जनाले सामान्य रुपमा सुरक्षित सेवा लिएको उक्त कार्यालयको तथ्याङक शाखाले जनाएको छ । गर्भवती महिलाहरु बच्चा जन्माउन स्वास्थ्य सस्था र प्रसूती सेवा केन्द्र आउनेकोे सङ्ख्या निकै बढ्दै गएको छ ।

तीनपाटन गाँउपालिका–११ चकमके निवासी तुलसा दाहाल प्रसुती सेवा प्रभावकारी भएकै कारण पछिल्लो समयमा घरमै सुत्केरी गराउने प्रचलन बिस्तारै घट्दै गएको बताउनुहुन्छ । उहाँका अनुसार ग्रामीण क्षेत्रमा केही बर्ष पहिलेसम्म गर्भवती महिलालाई सुत्केरी बेथा लाग्न सुरु गरेपछि रेलको टिकट खोज्न गाँउ पस्ने चलन रहेकोमा अहिले उक्त चलन पनि घट्दै गएको छ ।

उहाँले भन्नुभयो, ‘रेल छिटो कुद्ने भएकाले रेलको टिकट बोक्दा बच्चा छिटो पैदा हुन्छ भन्ने विश्वासले गर्भवती महिलालाई सुत्केरी बेथा लाग्न सुरु गरेपछि उक्त टिकट खोज्न गाँउ पस्थे । जस्ले गर्दा सुत्केरी महिला र बच्चा दुवैको स्वास्थ्य अवस्था जोखिममा पर्दथ्यो । अहिले उक्त चलन हट्दै गएको छ ।’

प्रतिक्रिया