शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

हरिहरपुरगढीले आमाबाबु बिहिन बालबलिकालाई मासिक भत्ता

मंगलवार , पौष १३, २०७८

सिन्धुली –सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आमाबाबु बिहिन बालबलिकालाई मासिक भत्ता उपलब्ध गराउँने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष ०७८/७९ मा प्रदेश सरकारबाट हस्तान्तरीत कार्यक्रम अनुसार बाबु आमा बिहिन बालबालिका संरक्षण कार्यक्रमको लागी गाउँपालिकाले गाउँपालिका भित्रका १८ बर्ष उमेर पुरा नभएका बाबु आमा दुबैको मृत्यु भएका, दुबै बेपत्ता भएका र दुबैको संरक्षणबाट बञ्चित भई अन्य ब्यक्तिको संरक्षणमा रहेका बालकबालिकालाई मासिक भत्ता उपलब्ध गराउँन लागेको हो ।

वडा कार्यालय सिफारिस अनुसार भत्ता प्राप्त सुचिमा नाम उल्लेख नभएका बालबालिकालाई मासिक रुपमा भत्ता उपलब्ध गराउँने गाउँपालिकाले एक सुचना निकालेर जानकारी दिएको छ ।

भत्ता लिनका लागी सम्बन्धित व्यक्ति वा संरक्षकको निवेदन, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि वा नागरिकता भएमा नागरिकताको प्रतिलिपि, बाबु आमा दुबैको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि वा दुबै बेपत्ता भएका दुबैको संरक्षण र रेखदेखको बञ्चितमा परेको कागजात, ५ बर्ष उमेर पुगेका बालबालिकाको हकमा बिद्यालयमा भर्ना भई नियमित बिद्यालय जाने गरेको भनी विद्यायलयले दिएको सिफासिर पत्र, संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र संबन्धित बालबालिकाको संरक्षण हो भनी वडा कार्यलयले दिएको सिफारिस पत्र लिएर आ आफ्नो वडा कार्यलयमा निबेदन दिन गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया