बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

कलम बोक्ने हातमा पार्टीको झण्डा नबोकाआउ

सोमवार , पौष १२, २०७८

सिन्धुलीमा राजनैतिक दलले पार्टी विस्तारको नाममा कलिला बालबालिकालाई पार्टीको झण्डा बोकाइरहेका छन् । कमिटि विस्तार भन्दै विद्यालयममै पुगेर विद्यार्थीलाई पार्टीको झण्डा भिराउँदा पठनपाठन प्रभावित बनेको छ । बालबालिकालाई राजनितिको बारेमा ज्ञान हुनुपर्छ र प्रशिक्षण पनि दिइनुपर्छ । तर, विद्यालयमै पुगेर पार्टीको झण्डा बोकाउन उद्धत रहेका जिल्लाका विद्यार्थी संगथठनले अव्यवहारिक गतिविधि गर्दै आएका छन् । जिल्लाको शैक्षिक क्षेत्रको सुधार र विकासकालागि मौन बस्ने र दलको काममा भने कुनै पनि उमेर समुहका व्यक्तिलाई नछोडी झण्डा बोकाउन कम्मर कस्ने विद्यार्थी नेताहरुले पार्टी भन्दा माथि देश छ भन्ने बुझ्न जरुरी छ

। विद्यार्थीहरु भविष्यको कर्णधार हुन् । उनीहरुलाई गुणस्तरीय शिक्षा दिन सके देशको दिर्घकालिन विकास संभव छ । उनीहरुमा राजनिति सम्बन्धि ज्ञान हुन जरुरी पनि छ । तर, पार्टीले चुनावलाई केन्द्रमा राखेर बालबालिकालाई झण्डा बोकाउन तत्पर देखिएको छ । तसर्थ, यस्ता गलत प्रवृद्धिको अन्त्य गर्न बाल संजाल, बालबालिकाको हितमा लागिपरेका संघसंस्था लगायत सम्बन्धित निकायले आवाज उठाउन जरुरी छ ।

जिल्लाका नेताहरुले अन्य राजनितिज्ञहरुको उदाहरण दिदैँ बाल अवस्थामै उनीहरु राजनितिमा आएको टिप्पणी गर्छन् । उनीहरुको हुर्काइ, उनीहरुले पाएको शिक्षा, सेवा, सुविधाका बारेमा भने नेताहरु मौन देखिन्छन् । उदाहरण देखाउँदै बालबालिकालाई राजनितिमा समावेश गराउने हो भने त्यस्ले आगामी दिनमा दिर्घकालिन समस्या पैदा गर्दछ । तसर्थ, राजनैतिक दलले विद्यालयमा पुगेर पार्टीको प्रचार गर्ने भन्दा पनि विद्यालयको सुधार र समग्र शैक्षिक क्षेत्रको विकासकालागि महत्वपुर्ण कदम चाल्न जरुरी छ । त्यस्तै, राजनैतिक दलले आफ्नो स्वार्थपुर्तिकालागि कलम बोक्ने हातमा पार्टीको झण्डा बोकाएर बहादुर देखाउनु लज्जास्पद हो ।

प्रतिक्रिया