बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीको राजमार्गलाई सुरक्षित बनाऔँ

शनिवार , पौष १०, २०७८

विपी राजमार्गसँग जोडिने सडकहरु असुरक्षित भएको स्थानियले गुनासो गर्दै आएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित हस्पिटल रोडबाट शान्तिनगर जाने सडकखण्डको बिचमा विपी राजमार्ग छ । चौबाटोमा ट्राफिक संकेत र कन्भेक्स ऐना नहुँदा आवतजावत गर्न मुश्किल हुने गरेको चालकहरुले बताउने गरेका छन् । यतिमात्र नभएर चौबाटोमै सडक बिग्रीएको छ जसका कारण दुर्घटनाको जोखिम बढेको छ ।सो स्थानमा मात्र नभएर विपी राजमार्गले छुने गोलन्जोर र सुनकोशी गाउँपालिकाको विभिन्न वडाहरुमा पनि समस्या उस्तै छ ।

राजमार्गलाई छोएका सडकखण्डमा कन्भेक्स ऐना राख्न सके दुर्घट्ना रोक्न सकिन्छ । तर, आवश्यक पुर्वाधार राख्न स्थानिय सरकारदेखि जिम्मेवार निकायको ध्यान जान सकेको छैन । बाटो प्रयोग गरेको कर उठाउन अग्रसर स्थानिय सरकारले सडकमा आवश्यक सुरक्षाका पुर्वाधारहरु राख्नपनि अग्रसर हुनुपर्दछ ।

विपी राजमार्गले छोएका सडकमा सुरक्षाका पुर्वाधारहरु जडान गर्न सरोकारवाला निकायको ध्यान जान जरुरी छ । सिन्धुलीमा सडक दुर्घटना बढिरहेको छ । ट्राफिक व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान नदिने हो भने आगामाी दिनमा दुर्घटना झनै बढ्ने देखिन्छ । तसर्थ, राजमार्गलाई सुरक्षित राख्न संभावित दुर्घटना हुने ठाउँमा ट्राफिक संकेत, कन्भेक्स ऐना लगायत सुरक्षाका पुर्वाधारहरु जोडिनुपर्दछ ।

प्रतिक्रिया