सिन्धुली – गोलन्जोर गाउँपालिकामा पालिका स्तरिय परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । विहिबार रिलिफ नेपाल सिन्धुली र सिड्स नेपाल सिन्धुलीको आयोजनामा गाउँपालिकाको कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वल्ड भिजन नेपालको साझेदारीमा रिलिफ नेपाल सिन्धुली र सिड्स नेपालद्धारा संचालित एकिकृत बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना र एकिकृत पोषण तथा उत्थानशिल जिविको पार्जन परियोजना अन्तर्गत २०२२ मा पालिका हुने कार्यक्रमको विनियोजित बजेट सार्वजनिक गरिएको थियो ।

साथै पालिकामा हुने कार्यक्रम र संचालन भएका कार्यक्रमको जानकारी गराइएको थियो । २०२२ मा एकिकृत बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना अन्र्तगत पालिकामा बालसंरक्षण प्रणाली र सेवाहरु, बालबालिकालाई सुरक्षित बातावरण प्रदान गर्न सक्रिय रुपमा संग्लन गराउने, समुदाय र साझेदारहरुलाई बाल स्पोन्सरशीप बुझाउने र सो बुझाइलाई प्रयोग गरि बालबालिकाको हेरचाह र जिवनलाई सम्बृद्ध बनाउने अवसर साथै अनुभव तर्फ बालबालिका, परिवार र समुदायलाई प्रोत्साहन गर्ने लगाएतका गतिविधि हुने परियोजना संयोजक पंकज पाण्डेले बताउनुभयो ।
कार्यक्रममा परियोजनाले २०२१ मा गाउँपालिकामा गरेका काम, प्रभावकारीता साथै उदेश्यका बारे पनि जानकारी गराइएको थियो । बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना र एकिकृत पोषण तथा उत्थानशिल जिविको पार्जन परियोजना गोलन्जोर गाउँपालिका वडा नम्बर १,२,३,४ र ६ मा संचालन भइरहेको छ । परियोजनाले बालबालिका, विपन्न परिवार, विपद पिडित र अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको छ । साथै बालकालिकाको शिक्षा, पोषण, जिविको पार्जन गरि बाल समृद्धिमा सुधार ल्याउन सहयोग गरिरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीले गाउँपालिका भित्र संचालित परियोजनको काम प्रभावकारी देखिएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले परियोजनाले जिविकोपार्जन साथै बाल मैत्री स्थानिय शासन घोषण पक्रियामा सहयोग गरेको बताउनुभयो ।