शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सुनकोशीमा पालिका स्तरीय स्थानीय पाठ्यक्रम प्रवोधिकरण

शुक्रवार , पौष ९, २०७८

सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिकामा पालिका स्तरीय स्थानीय पाठ्यक्रम प्रवोधिकरण कार्यक्रम सम्पन्न भएको छ । सुनकोशी समाजिक विकास संयोजक रामचन्द्र आचार्यको अध्यक्षता र डा. हरिप्रसाद पोख्रेलको प्रमुख आतिथ्यता सुनकोसी गाउँपालिका शिक्षा साखा रामटार सिन्धुलीको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा जम्मा गाउँपालिकाका सम्पुर्ण विद्यालयका ७३ जना शिक्षकको सहभागी रहेको थियो । सुनकोशी गाउँपालिकामा गाउँपालिकाले स्थानीय पाठ्यक्रम यहि शैक्षिक सत्रबाट कक्षा १,२,३ र ६ लागु गरेको छ ।

उक्त स्थानीय पाठ्यक्रममा केके छन् , कसरी पढाउँने, यसलाई बिद्यार्थी सम्म कसरी प्रस्तुत गर्ने लगायतको बिषयमा छलफल भएको गाउँपालिकाका शिक्षा अधिकृत ओम प्रसाद गौतमले जानकारी दिनुभयो । सुनकोशी गाउँपालिकाले १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरेपनि यो बर्ष १,२,३ र ६ मा मात्र लागु गर्ने शिक्षा अधिकृत गौतमले बताउनुभयो ।

प्रतिक्रिया