सिन्धुलीमा पुर्वाधार निर्माणपछि गरिने अनुगमन प्रभावकारी नभएको गुनासोहरु आइरहेको छ । स्थानिय तहमा उपप्रमुखको नेतृत्वमा अनुगमन हुने गरेको छ । तर, स्थानिय तहमा नै अनुगमन प्रभावकारी नभएको व्यापक जनगुनासो छ । जनप्रतिनिधिको साथमा कर्मचारीहरुपनि अनुगमनमा खटिने गर्दछन् । तर, दक्ष तथा अनुभवि इन्जिनियरहरुलाई साथमा नलगि अनुगमन गर्दा निर्माण कार्यको मुल्यांकन प्रभावकारी नभएको निजि संस्थाका इन्जिनियरहरुले बताउदैँ आएका छन् । स्थानिय तहमा मात्र नभएर प्रदेश र प्रतिनिधिसभा क्षेत्रमा पनि अनुगमनको प्रक्रियाप्रति असन्तुष्टि चुलिदो छ । दक्ष जनशक्तिलाई फिल्डमा लगेर निर्माण कार्यको मुल्यांकन गर्नुपर्नेमा जनप्रतिनिधिहरु आफैँ अग्रसर हुदाँ अनुगमन फितलो भइरहेको छ ।
त्यसैगरि, अनुगमनमा खटिएका इन्जिनियरहरुले पनि ठेकेदार कम्पनि र उपभोक्ता समितिसँग मिलेर ठेक्का स्विकृत गर्ने गरेको स्थानियले गुनासो पोख्दै आएका छन् । स्थानिय सरकारले अनुगमनकालागि भन्दै लाखौँ रकम खर्चिएर विभिन्न उपकरणहरु खरिद गरेका छन् । तर, ‘छोरी कुटि बुहारी तर्साउने’ उखान जस्तै ती उपकरण देखाएर ठेकेदारलाई तर्साउने र उनीहरुसँग सौदाबाजि गर्ने प्रवृद्धिले प्रश्रय पाएको गुनासो बढ्दो छ । तसर्थ, यी सबै आरोप प्रत्यारोपलाई आत्मसाथ गर्दै जनप्रतिनिधिले अनुगमनलाई प्रभावकारी बनाउनतर्फ जोड दिन आवश्यक छ ।
जिल्लामा साना तथा ठूला पुर्वाधार निर्माणको काम धमाधम संचालन भइरहेको छ । स्थानिय, प्रदेश देखि केन्द्र सरकारको लगानीमा विभिन्न पुर्वाधार निर्माणको काम भइरहेको छ । एकपटकको लगानीले दिर्घकालिन सुविधा दिने वातावरण सिर्जना गर्न अनुगमनले महत्वपुर्ण भुमिका खेल्दछ । तसर्थ, अनुगमनलाई प्रभावकारी बनाउन र मजबुत पुर्वाधार निर्माणको लागि जनप्रतिनिधि गम्भिर हुन आवश्यक छ । अतः अनुगमनको नाममा अनुगमन मात्रै नगरि प्रभावकारी ढंगमा अनुगमन गर्नतर्फ सम्बन्धित निकायले जोड दिन जरुरी छ ।