बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

मदनभण्डारी राजमार्गको अवरोध हटाउन छलफल गर

बिहिवार , पौष ८, २०७८

राष्ट्रिय गौरवको योजना मदनभण्डारी राजमार्गको उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका ४ धुराबजार खट्टारदेखि वडा नं. ६ धुराबजार हुँदै वि.पि.राजमार्ग ६ कि.मी. जोड्ने खण्डमा स्थानियले अवरोध गरेपछि निर्माण रोकिएको छ । स्थानियले विभिन्न मागसहित ५ वर्षदेखि राजमार्ग निर्माणमा अवरोध सिर्जना गरेका हुन् । स्थानियले उठाएका मागहरुसँग जिल्लाका जनप्रतिनिधिहरु परिचित भएपनि जनप्रतिनिधिले समन्वय नगर्दा अहिलको अवस्था सिर्जना भएको छ ।

जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले समेत बेवास्था गर्दा राजमार्गको अवरोध हट्न सकिरहेको छैन । सिन्धुलीबाट प्रदेश देखि केन्द्रसम्म मन्त्री भइसकेका जनप्रतिनिधिहरु छन् । केन्द्रिय राजनितिमा समेत प्रभावशालि नेताका रुपमा स्थापित जनप्रतिनिधिले कुनै पहल नगर्दा समस्या ज्यूँको त्यु भएको छ । तसर्थ, राजमार्ग निर्माणमा देखिएको समस्याको समाधान गर्न जनप्रतिनिधिले महत्वपुर्ण भुमिका खेल्न जरुरी छ ।

६ किलोमिटर सडकखण्डको विवाद अहिलेको होइन । स्थानियले विगत धेरै समयदेखि विरोध जनाउदैँ आएका छन् । राष्ट्रिय गौरवको योजना सिन्धुलीमा आएर अलपत्र हुनु दुखद हो । समस्याको समाधान नहुँदा जिल्लाका जनप्रतिनिधिहरु पनि विफल भएको स्पष्ट देखाउँछ । तसर्थ, राजमार्ग निर्माणमा देखिएको अवरोधको अन्त्य गर्न यथाशिघ्र जिल्ला प्रशासन, जनप्रतिनिधि, स्थानिय लगायत सरोकारवाला निकायले गम्भिर छलफल गरि निष्कर्ष निकाल्नतर्फ केन्द्रित हुन जरुरी छ ।

प्रतिक्रिया