सिन्धुलीमा पर्यटकिय गन्तव्यहरु थुप्रै भएपनि प्रचारप्रसार नहुँदा पर्यटकलाई आकर्षित गर्न सकिएको छैन । अंग्रेज फौजलाई हराएको सिन्धुलीगढी देखि नेपाली काग्रेसको संस्थापक विश्वेश्वर प्रसाद कोइरलाको जन्मस्थान दुम्जा सिन्धुलीमै छ । तर पनि जिल्लामा पर्यटन क्षेत्र फस्टाउन सकेको छैन ।
राजनैतिक देखि सांस्कृति र भौगोलिक इतिहास गर्विलो भएपनि सिन्धुलीमा राज्यको ध्यान जान सकिरहेको छैन । केन्द्र सरकारले जसोतसो थोरैबहुत राम्रा कामहरु गरेपनि स्थानिय सरकारले जिल्लाका महत्वपुर्ण स्थानको विकास र प्रचारप्रसारमा मौन देखिनु दुखद कुरा हो । विपी राजमार्गलाई एसियाकै उत्कृष्ठ राजमार्गमा हेरिन्छ । नागबेलि सडकमा यात्रा गर्ने जोकोहि आनन्दित महशुश गर्छन् । राजमार्गलाई नै छोएको दुम्जा र सिन्धुली गढी क्षेत्रको समग्र विकासमा राज्यको ध्यान जाने हो भने सिन्धुली जिल्ला नेपालकै पर्यटकिय गन्तव्यका रुपमा स्थापित हुन सक्छ । तर, दुर्भाग्यनै भन्नुपर्छ, इतिहासमा सिन्धुलीको जतिनै महत्व भएपनि वर्तमान ती महत्वलाई नगरअन्दाज गरिएको छ । तसर्थ, सिन्धुलीको पर्यटन क्षेत्रको विकास गर्न राज्यले विशेष ध्यान दिन आवश्यक छ ।
बागमती प्रदेशको घुम्नै पर्ने गन्तव्यमा सिन्धुलीगढी पनि पर्दछ । सिन्धुलीगढीमात्र नभएर हरिहरपुरगढि, कुशेश्वर मन्दिर लगायत दर्जनौँ पर्यटकिय गन्तव्यहरुको प्रचारप्रसार हुन सकिरहेको छैन । विश्वमै कहिकतै नहारेको अंग्रेज फौजलाई गोर्खालीहरुले सिन्धुलीमा हारेका थिए । त्यसैले पनि सिन्धुलीगढी विश्वकैलागि एउटा पाठशाला हो । तसर्थ, जिल्लाका पर्यटकिय क्षेत्रको विकासमा स्थानिय, प्रदेश र केन्द्र सरकारले थप लगानी गर्न जरुरी छ । अतः जिल्लाको पर्यटकिय गन्तवयको समग्र विकासमा तीनै तहको सरकारले योजना बनाएर अघि बढ्न आवश्यक छ ।