बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

हात्ती आतंक नियन्त्रण गर

आइतवार , पौष ४, २०७८

सिन्धुलीमा वर्षेनि जंगली हात्तीले आतंक मच्चाउँदै आएको छ । जिल्लाको कमलामाई, दुधौली नगरपालिका लगायतका स्थानिय तहमा वर्षेनि जंगली हात्तीले स्थानियलाई त्रसित बनाएको अवस्था छ । हालसम्म जंगली हात्तीको आक्रमणबाट कमलामाई र दुधौली नगरपालिकामा एक/एक जना गरि दुई जनाको मृत्यु भइसकेको छ । जिल्लामा मानविय मात्र नभएर जनधनको क्षति पनि उत्तिकै हुने गरेको छ । हात्ती प्रभावित क्षेत्रका बासिन्दाले बारम्बार हात्ती आतंक रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाउदैँ आएका छन् । हात्ती आतंक नियन्त्रणकालागि स्थानिय सरकार, प्रशासन कार्यालय, वन कार्यालय लगायत सुरक्षा निकायले चासो नदेखाउने हो भने आगामी दिनमा पनि हात्तीको आतंकले ताण्डव मच्चाउने निश्चित देखिन्छ । तसर्थ, हात्ती प्रभावित क्षेत्रको पहिचान गरि हात्ती नियन्त्रणकालागि आवश्यक कदम चाल्न जिम्मेवार निकाय चुक्नुहुदैँन ।

हात्ती आतंकको अति प्रभावित क्षेत्र सिन्धुली जिल्ला नभएपनि वर्षेनि हात्तीले जनधनमा क्षति पु र्याइरहेको छ । देशका अन्य अति प्रभावित जिल्लाका हात्ती नियन्त्रणकालागि गरिएको प्रयासहरु सिन्धुलीमा पनि संचालन गर्न सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । त्यसैगरि, वन कार्यालयले पनि सत्यतथ्य जानकारी दिन कञ्जुस्याईँ गर्नुहुदैँन । किनभने, हात्तीको त्रासबाट स्थानिय जागराम बसिरहेको अवस्थामा उनीहरुलाई सत्यतथ्य जानकारी दिन सके सावधानि अपनाउन सक्छन् भन्ने वन कार्यालयका प्रमुखले बुझ्न जरुरी छ । अतः हात्ती आतंकलाई नियन्त्रण गर्न जिल्लाका राजनैतिक दल, जनप्रतिनिधि, प्रशासन, वन कार्यालय लगायत सम्बन्धित सबै निकाय चनाखो हुन आवश्यक छ ।

प्रतिक्रिया