सिन्धुली – दुधौली नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट २० घरमा क्षती पुगेको छ । दुधौली नगरपालिका ११ माथिल्लो पत्रिंग्रामा विहिबारबाट पसेको जंगली हात्तीको आक्रमणबाट शनिबारसम्म २० वटा घरमा क्षेती पुगेको हो ।
कोशी टाप्पु बन्यजन्तु आरक्षबाट समुहमा आएको तीन वटा हात्तिले विहिबार देखि बस्तीमा पसेर घरहरु क्षेती गरेको डिभिजन बन कार्यालय सिन्धुलीका प्रमुख थिर बहादुर कार्कीले बताउनुभयो । “विहिबार देखि हात्तिले माथिल्लो पत्रिंगाका घरहरु क्षेती गर्न थालेको हो । हात्तिले घर भत्काउने तथा भण्डारण गरी राखेको अन्नबाली धान, मकै लगाएत सबै नष्ट गर्ने गरिरहेको छ । अहिले सम्म मानवीय क्षेती भने भएको छैन, ” कार्किले भन्नुभयो ।

उहाँका अनुसार कोशी टाप्पु बन्यजन्तु आरक्षबाट अझै ६ वटा हात्ती आउँदै छ । बन अत्तिक्रमण गरेर बनाएका घरहरुमा हात्तिले क्षेती गरेको उहाँको भनाइ छ । “बन नजिकका घरमा हात्तिले क्षेती गरेको छ । बस्तिमै गएर क्षेती गरेको चाहि होइन । जुन बन नजिकका घर छन्, बन अतिक्रमण गरेर निर्माण गरेका घरमा हात्तिले क्षेती गरेको हो ,” उहाँले भन्नुभयो, “अझै पनि हात्तिले क्षेती गर्ने क्रम बढि छ । कोशी टाप्पु बन्यजन्तु आरक्षबाट ६ वटा हात्ति आउँदै गरेको हामिले जानकारी पाएका छौँ । एक महिना सम्म हात्ति त्यहि क्षेत्रमा बस्छ ।”
मानिसले हात्तिको रुटमा अवरोध गरेको कारण हात्तीले क्षेती गरेको उहाँको भनाइ छ । हात्तिलाई तर्साउने तथा भगाउने कार्य गर्न नमिल्ने भएकाले उक्त बस्तिका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिसकेको कार्किले बताउनुभयो । हात्तिलाई जिस्काउने तथा तर्साउने कार्य गरेमा मानवीय क्षेती समेत हुने भएकाले हात्तिलाई जिस्काउने, नजिक गइ भिडियो तथा फोटो खिच्ने लगाएतका कार्य नगर्न उहाँले आग्रह गर्नुभयो । हात्तिले क्षेती गरेको क्षेतीपूर्ति डिभिजन बन कार्यालयले दिने उहाँको भनाई छ ।

हात्तीले कृष्ण कुमार, रानीवती धामी, पदमबहादुर परिवार, ईनर धामी, नथुनी धामी, दीपक परियार, टेकबहादुर दमाई, टंके दमाई र मेघबहादुर परियार लगायतको घर साथै अन्नबालीमा क्षती पु¥याएको बताइएको छ ।
यसैबिच, हात्तिको आक्रमबाट क्षेती भएको घरपरिवारलाई घटना स्थलमै पुगि दुधौली नगरपालिका, राजनितिक दल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले खाद्य सामाग्रीको प्याकेज वितरण गरेको छ । हात्तिको आक्रमणबाट क्षेती भएका १८ घरपरिवारलाई खाद्य सामाग्री प्याकेज वितरण गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठले बताउनुभयो । घटना स्थलमै पुगि नगर प्रमुख घनश्याम राउत , नेकपा एमालेका नेता डम्बर कार्की, नेपाली काग्रेसका नेता बलराम कार्की, नेकपा माओवादी केन्द्रका नेता बिनोद बिश्वकर्मा, वडाध्यक्ष कुमार लामा, टाडी रेडक्रस उपशाखाका सभापति टुकबहादुर पोखेरेल सहितको उपस्थितिमा वितरण सामाग्री वितरण गरेको उहाँले बताउनुभयो ।








