सिन्धुली, – । नेकपा(माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठन जिल्ला कार्य समिति सिन्धुलीको जिल्ला सम्मेलन शनिवार सिन्धुलीमाढी सम्पन्न भएको छ ।
सम्मेलनले दुधौली वहुमुखी क्याम्पसका प्रमुख जीवनहरी आचार्यको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्षहरुमा क्रमशः शुक्र माझी, दुर्गा कुमार धिमाल, महिला उपाध्यक्षमा गिता तिमल्सिना, सहसचिवमा गिरेन्द्र वहादुर ठकुरी, दामोदर उप्रेती लगायत सदस्य रहेका छन् ।
त्यस्तै सम्मेलनले प्रदेश प्रतिनिधिमा मणि काफ्ले, राजन वास्तोला, विमल श्रेष्ठ तथा केन्द्रीय प्रतिनिधिमा दिनेश प्रसाद कोईराला, रितुराज धमला, वच्चु प्रसाद कोईराला, लिला ढकाल, ज्ञानेन्द्र प्रसाद तिमलसिना लगायत चयन भएका छन् ।
संगठनका निवर्तमान अध्यक्ष सन्तोष कुमार बोहोराको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र सिन्धुलीका संयोजक राम कुमार पौडेलको प्रमुख आतिथ्यितामा सम्मेलन भएको हो । सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्दै माओवादी केन्द्र सिन्धुलीका संयोजक पौडेलले पार्टीको आखाँको रूपमा नेपाल बुद्धिजीवी संगठनलाई लिन सकिने बताउनुभयो ।
यस संगठनले पार्टीमा ज्ञान र चेतना फैलाउन सक्ने उहाँले बताउनुभयो । पार्टीलाई विधि पद्धतिमा अगाडि बढाउन यस संगठनले आलोचनात्मक सुझाव र खबरदारी गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल बुद्धिजीवी संगठन जिल्ला कार्य समिति सिन्धुलीका निवर्तमान अध्यक्ष सन्तोष बोहोराले तत्कालिन समयम नेकपा माओवादी हुदाँ सक्रिय रहेको संगठन एमालेसँग एकता हुदाँ निक्कै निष्क्रिय भएको बताउनुभयो ।