शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा सवारी दुर्घटना बढ्दै

शनिवार , पौष ३, २०७८

सिन्धुली– गत मंसिर २८ गते सिन्धुलीमा सुमोले ठक्कर दिदाँ मोटसाइकल चालकको मृत्यु भयो । विपि राजमार्ग स्थित सुनकोशी गाउँपालिका १ दुम्जामा रामेछापबाट काठमाडौँ जादैँ गरेको मोटसाइकललाई विपरित दिशाबाट आउँदै गरेको टाटा सुमोले ठक्कर दिदाँ मोटसाइकल चालक रामेछाप मन्थलि नगरपालिका १३ फुलासीका ३५ वर्षिय रोशन बर्देवाको मृत्यु भयो ।

सोहि दिन जिल्लामा ट्रयाक्टले पैदल यात्री एक महिलालाई ठक्कर दिदाँ महिलाको मृत्यु भयो । तिनपाटन गाउँपालिका ५ तल्लो पचरंग स्थित ग्रामिण कच्चि सडक खण्डमा चकमकेबाट शाखामाडी तर्फ जाँदै गरेको लु.अ.अ.भ.१७४८ नम्बरको ट्रयाक्टरले ठक्कर दिदाँ पैदल यात्री तिनपाटन ११ परासे की ३३ वर्षिय सरिता मगरातीलाई उपचारको लागि अस्पताल लग्दै गर्दा मृत्यु भएको थियो । गत मंसिर ७ गते बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–८ करकरेमा भएको मोटसाइकल दुर्घटनामा एक जनाको मृत्यु भयो । कुखुरा बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिदाँ तेजेन्द्र बुढामगरको घटनास्थलमा नै मृत्यु भएको थियो ।

सिन्धुलीमा हाल सवारी दुर्घटना बढ्दै गएको छ । जिल्लामा ५ महिनाको अवधिमा सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष ०७८/७९ को साउन देखी मंसिर अन्तिम सम्म १३ जनाको मृत्यु भएको छ । साउन देखी यता १ सय १५ वटा दुर्घटना हुदा १३ जनाको ज्यान गएको छ भने ५६ जना गम्भिर घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार साउन, भदौ, असोज, कार्तिक र मंसिरमा १० जना पुरुष र ३ जना महिलाको सवारी दुर्घटनामा मृत्यु भएको हो । सबै भन्दा बढी मंसिर महिनामा दुर्घटनामा परि धेरैको मृत्यु भएको छ ।

मंसिर महिनामा मात्र ४ जना पुरुष र एक जना महिलाको सवारी दुर्घटनामा मृत्यु भएको हो । पाँच महिनाको अवधिमै ३६ जना पुरुष, १६ जना महिला, ३ बालक र १ बालिका गम्भिर घाइते भएका छन् । यस्तै सोहि अवधिमा सवारी दुर्घटनामा परि १ सय ४७ जना सामान्य घाइते भएका छन् ।

सवारी दुर्घटना बढ्नुमा तिव्र गति, सडक साँघुरो हुनु, चालकको लापर्बाही, सवारी साधनले क्षमता भन्दा बढी यात्रु बोक्नु, ट्राफिक नियम पालना नगर्नु, घुमाउरो सडक जस्ता कारण रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमखु क्षेत्रीको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनिकरण गर्नका लागि चेकजाचँमा कडाईका साथै विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया