बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

मिटरव्याजको व्यवसायलाई निरुत्साहित पार

शनिवार , पौष ३, २०७८

सिन्धुलीमा पछिल्लो समय मिटरव्याजमा ऋण लगाउने क्रम बढेको छ । मिटरव्याजमा ऋण लगाउदैँ सोझासाझा नागरिकलाई फसाउने धन्दा फस्टाउदैँ गएको पछिल्लो केहि घट्नाले देखाउँछ । बैंककै कर्मचारीको मिलेमत्तोमा समेत मिटरव्याजको व्यवसाय फस्टाउदैँ गएको आरोप लाग्दै आएको छ ।

गैरकानुनि रुपमा धेरै व्याजमा ऋण दिने र सावाब्याज उठाउन गुण्डागर्दि प्रवृद्धि देखाउने क्रम सिन्धुलीमा बढ्दो छ । तसर्थ, वित्तिय क्षेत्रले जिल्लामा हुने गैरकानुनि व्यवसायलाई निरुत्साहित पार्न विभिन्न खालका सचेतना कार्यक्रम संचालन गर्न जरुरी छ । त्यस्तै, प्रहरीले पनि आफ्नो कार्यक्षेत्रको दायरा बढाएर मिटरव्याजको धन्दालाई बन्द गर्न थप अग्रसर हुन आवश्यक छ ।

मिटरव्याजमा संलग्न ऋणी र ऋण उपलब्ध गराउने दुबै सजायका भागिदार हुन् । तर, सिन्धुलीको परिधिमा ऋण उपलब्ध गराउनेले सोझा नागरिकलाई फकाएर मिटरव्याजमा ऋण दिदैँ आएका छन् । मिटरव्याजको सम्पूर्ण विवरण कागजमा समावेश नगरि कानुनत ऋण लिएको कागज बनाएर सोझा नागरिकमाथि अन्याय बढिरहेको छ । तसर्थ, यस्ता प्रवृद्धिलाई निरुत्साहित पार्न र गैरकानुनि कारोबारलाई निराकरण गर्न जिम्मेवार निकाय गम्भिर हुन आवश्यक छ । अन्यथा, आगामी दिनमा मिटरव्याजको धन्दाले धेरैको घरबार उठ्ने निश्चित छ । त्यस्तै, मानविय दुर्घट्ना पनि नहोला भन्न सकिन्न ।

प्रतिक्रिया