शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको मरिणमा कानुनी परामर्श सम्बन्धि अभिमुखिकरण

शुक्रवार , पौष २, २०७८

सिन्धुली – कानुनी परामर्श सम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम शुक्रवार मरिण गाउँपालिकामा सम्पन्न भएको छ ।

समुदाय स्तरमा कानुन अभाबको कारण बिभिन्न घट्नाहरु घट्ने भएकोले त्यस्तो समस्याबाट बच्न तथा समुदाय स्तरमा कानुनी ज्ञान दिने उदेश्यको साथ कार्यक्रमका आयोजना गरीएको अधिबक्ता लोकहरी आचार्यले जानकारी दिनु भयो ।

वडानम्बर ६ को शिक्षक, व्याबस्थापन समितीको अध्यक्ष, बिभिन्न संघ संस्थाको प्रमुख तथा प्रतिनिधि, महिला, बालिबालिका, बालक्लब लगाएतको प्रमुख तथा प्रतिनिधिहरुलाई कानुनी ज्ञानको बारेमा जानकारी गराएको थियो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय कपिलाकोटको प्रहरी निरिक्षक सुसिल आचार्यले बोक्सिको आरोपमा भोग्नु पर्ने सजाय र काम कारबार्हिको बारेमा जानकारी गराउनु भएको थियो ।

मरिण गाउँपालिकाको न्यायिक समितीको आयोजनामा भएको कार्यक्रममा न्यायिक समिती को संयोजक तथा मरिण गाउँपालिकाको उपाध्यक्ष संगिता माझिको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजिकरण अधिबक्ता लोकहरी आचार्यले गर्नु भएको थियो ।

प्रतिक्रिया